ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सुर्खेतमा भएको १६ वर्षीया इनिशा विकको बलात्कार तथा हत्या प्रकरणमा सर्वोच्च अदालतले तीन जना नाबालकलाई बालसुधार गृहबाट छाडेर अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ।

भदौ १५ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि जिल्ला अदालत सुर्खेत र उच्च अदालत सुर्खेतले गरेका थुनछेक आदेशलाई बेरितको ठहर गर्दै बदर गरेको हो।

अदालतले परिवर्तित नाम वीरेन्द्रनगर (घ), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार तोकिएका शर्तहरू पालना गर्ने गरी अभिभावकको जिम्मा लगाउन भनेको छ।

उनीहरूले अनुमतिबिना देश बाहिर जान नपाउने र अदालतले बोलाएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। तर, हत्या र बलात्कारका मुख्य अभियुक्त मानिएका इनिशाका प्रेमी परिवर्तित नाम वीरेन्द्रनगर (प) को हकमा भने यो आदेश लागू हुने छैन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र जिल्ला प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार घटना सामूहिक बलात्कार वा हत्या थिएन।

मुख्य अभियुक्तले घटना घटाएपछि इनिशा बेहोस भएकी थिइन् र सहयोगका लागि मात्र ती तीन बालकहरू घटनास्थल पुगेका थिए। यद्यपि, पीडित पक्षको किटानी जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले चारै जनाविरूद्ध सामूहिक बलात्कार र हत्याको मागदाबीसहित अभियोगपत्र दर्ता गराएको थियो।

जिल्ला र उच्च अदालतको सोही आदेशका कारण निर्दोष ठानिएका ती तीन बालकहरू करिब ६ महिना बालसुधार गृहमा राखिएको थियो।सर्वोच्च अदालतले फोन संवाद, सिसिटीभी फुटेज र आरोपितहरूको बयान विश्लेषण गर्दै उनीहरूको संलग्नता नदेखिएको आधारमा अभिभावकको जिम्मा लगाउने निर्णय गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बालकहरूलाई अभिभावकको जिम्मा लगाउन आदेश दिइए पनि मुद्दाको अन्तिम किनार लाग्न भने बाँकी नै छ।घरबाट ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।

पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु हुन पुगेको उल्लेख गरेको थियो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय