ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले महाविपत्तिका कारण पर्साबाट बेपत्ता भएका नागरिकको तत्काल खोज तथा उद्धार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्रसहित समग्र पर्सा जिल्लाका धेरै जना नागरिक अझै बेपत्ता रहेको र उनीहरूका परिवारजनले सास वा लासको आशामा सरकारको बाटो कुरिरहेको बताए।

उनले विपद्को समयमा सरकारले गरेको काम र प्रयासलाई प्रभावित परिवारहरूले नजिकबाट नियालिरहेको भन्दै सरकारप्रति उनीहरूको भरोसा रहेको बताए।स्रोत, साधन र विज्ञ जनशक्तिको अभावका कारण अपेक्षित परिणाम र युद्धस्तरको प्रगति देखिन नसकेको भए पनि सरकारले गरेका प्रयासको मूल्यांकन हुने उनको भनाइ थियो।

‘स्रोत, साधन र एक्स्पर्टिज जनशक्तिको अभावमा सोचे जस्तो परिणाम र युद्धस्तरको प्रगति भने पक्कै पनि देखिएका छैनन्,’ पन्तले भने, ‘तर सरकारले गरेका यी काम र राम्रा प्रयासहरूको पक्कै पनि लेखाजोखा हुने नै छ र एक दिन इतिहासले पनि यसको मूल्यांकन गर्ने छ।’

पन्तले खोजी तथा उद्धार कार्यमा आवश्यक परे मित्रराष्ट्रहरूसँग सहयोग, समन्वय र सहकार्य गर्न पनि सरकारलाई आग्रह गरे।‘त्यसकारण म सरकारलाई आफ्नो सम्पूर्ण शक्ति लगाएर अनि मित्रराष्ट्रहरूसँग पनि आवश्यक सहयोग, समन्वय एवं सहकार्य गरेर आम जनताले चाहे जस्तो परिणाममुखी उद्धार कार्य गरेर जनताको विश्वास जित्न अनुरोध गर्दछु,’ उनले भने।

सांसद पन्तले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पर्साका इन्जिनियर दिलीप यादवसहित विभिन्न स्थानमा बेपत्ता भएका पर्सा जिल्लाका नागरिकको तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए।

उनले पछिल्लो लोकेसनका रूपमा घट्टेखोला क्षेत्रमा देखिएका पर्साकै सुनिलमान डङ्गोलसहित पर्सा–१ का अच्युतम श्रेष्ठ, कमरुल होद्दा अन्सारी, समिम आलम, नवीनकुमार सिंह, नग नारायण पटेल, अजयकुमार यादव, सञ्जय तामाङ, रमन श्रुप, अजिर अन्सारी, सहाबुद्दिन मन्सुरी, सर्फराज मियाँ, कविता हल्दिया, विकासकुमार वर्णवाल र अरवाज हवारीलगायत सबैको शीघ्र उद्धार गर्न माग गरे।

‘सभामुखज्यूमार्फत सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

महाविपत्तिका कारण आफ्ना जिल्लाका नागरिक बेपत्ता भएपछि उनीहरूका परिवारजन लामो समयदेखि आफन्तको अवस्था पत्ता लाग्ने आशामा रहेको भन्दै पन्तले सरकारको खोज तथा उद्धार अभियानलाई अझ तीव्र र परिणाममुखी बनाउन आग्रह गरे।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय