ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा रसुवामा बेपत्ता भएका ६ जना नागरिकलाई नेपाली सेनाले जीवितै उद्धार गर्न सफल भएको छ।

बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रहरूमा लेदो र माटो पन्छाउँदै नेपाली सेनासहितको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

लाङटाङ हाइड्रो : विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी दुई स्थानमा साना प्वाल (होल) बनाएर भित्र फसेकाहरूको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ।

त्रिशूली थ्री ‘ए’ : ९३ जनाको टोलीले ५ वटा स्काभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा जमेको लेदो हटाएको छ। राति करिब २ बजे आउटलेटको बाटो फराकिलो बनाउन क्राउन क्षेत्रमा ब्लास्टिङ गरी सफा गरिएको छ।

त्रिशूली थ्री ‘बी’ : नेपाली सेनाका ८९ जना र प्राविधिकसहितको टोलीले आयोजनाको कार्यालय तथा निवास क्षेत्र पहिचान गरिसकेको छ। एक्साभेटर र बबक्याटको प्रयोग गरी सो क्षेत्रसम्म पुग्ने बाटो सफा गर्ने काम भइरहेको छ।

चिलिमे हाइड्रो : यहाँ पनि सुरुङभित्र फसेकाहरूको खोजीका लागि समान प्रकृतिको उद्धार अपरेसन जारी राखिएको छ।

भारी मात्रामा ढुंगा, माटो र लेदो भरिएकाले सुरुङभित्र प्रवेश गर्न ठूलो चुनौती भए तापनि भारी उपकरण र दक्ष जनशक्ति परिचालन गरी उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय