ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ / देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा जारी सूचना अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका स–साना नदीहरूको जलसतह उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ । यी क्षेत्रमा तीव्र बहावसहित आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) सहित देशका ४० भन्दा बढी जिल्लाहरू भई बहने स–साना नदी तथा खोलाहरूमा मध्यम जोखिमको चेतावनी दिइएको छ ।

कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु बागमती प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर र चितवनमा जोखिम देखिएको छ । 

यस्तै, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुरमा समेत बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी जिल्लाहरू भई बहने स–साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको हो । 

नदी तथा खोला किनारका होचा भू–भाग, कटान जोखिमयुक्त क्षेत्र र भिरालो जमिन आसपास बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । साथै, नदी तटीय क्षेत्रमा कुनै पनि गतिविधि गर्दा विशेष सावधानी अपनाउन र आपत्कालीन अवस्थाका लागि पूर्वतयारी अवस्थामा रहन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूले अनुरोध गरेका छन् । 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय