ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं, भदौ १९–नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले भोटेकोशी बाटीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका छन् ।अकल्पनीय बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै उनले त्यहाँका जनताको जनजीवन झनै कष्टकर बन्दै गएकाले राहत तथा उद्धारमा सरकार थप गम्भीर बन्नुपर्ने बताएका हुन् ।

‘बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। कैयौँ परिवार विस्थापित भएका छन् । थुप्रै नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूका आफन्त आफ्ना मान्छे जिवितै फेला पर्छन् कि भन्ने आसामा अझैँ कुरि बसेका छन् । आज मात्रै दुई जनाको जिवितै उद्धार भएको छ । यसले थप आसा जगाएको छ । त्यसैले सरकारले उद्धारमा तिब्रता दिनुपर्छ,’ उनले भने ।

त्यसक्रममा पीडित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे महरले जानकारीसमेत लिएका थिए । उनले विपद्को यस कठिन घडीमा कांग्रेस सरकारको साथमा रहेको बताएका थिए ।

‘सरकारको प्रयास पर्याप्त नभएको गुनासो पीडितको छ । उहाँहरू मानसिक र शारीरिक रुपमा निकै विछिप्त हुनुभएको छ । राहत, उद्धारसँगै उहाँहरूलाई मानसिक मरामर्शको पनि ठूलो खाँचो छ,’ महरले भने ।

समाजका प्रायः सबै वर्ग र क्षेत्र सरकारसँग असन्तुष्ट देखिएको अवस्थामा जनताको दुःख र पीडालाई सम्बोधन गर्ने विषयमा सरकार थप संवेदनशील बन्न आवश्यक रहेको महरले औंल्याएका छन् ।

महरले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास र आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय