ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

अमेरिकी संयुक्त सैन्य स्टाफका ५० जना अधिकारी र कर्मचारीको पोलिग्राफ परीक्षण गरिएको छ।अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले गोप्य सूचना चुहाएको घटनामा संयुक्त सैन्य स्टाफका कर्मचारीमा ‘लाइ डिटेक्टर’ परीक्षण गरेको हो।

अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार इरानसँग युद्ध लम्बिँदै जाँदा अमेरिकी हतियार भण्डार घट्दै गएको भन्ने समाचार सार्वजनिक भएपछि त्यस्तो सूचना दिने व्यक्ति पत्ता लगाउन पेन्टागनले पोलिग्राफ परीक्षण गरेको हो।यसको अनुसन्धानमा अनुसन्धानमा सैन्य अधिकारी तथा नागरिक कर्मचारी खटाइएको न्युयोर्क टाइम्सले लेखेको छ।

अधिकारीहरूका अनुसार अनुसन्धानकर्ताहरूले उनीहरूले सञ्चारमाध्यमका पत्रकारहरूलाई गोप्य सूचना दिएका थिए कि थिएनन् भन्नेबारे प्रश्न गरेका थिए।विशेषगरी अमेरिकी हतियारको मौज्दात घटेको र लामो दूरीका क्षेप्यास्त्र तथा प्याट्रियट इन्टरसेप्टरको अभावबारे सूचना बाहिरिएको विषयमा अनुसन्धान केन्द्रित थियो।

पोलिग्राफ परीक्षण अगस्टमा गरिएको थियो।त्यसअघि विभिन्न सञ्चारमाध्यमले इरानसँगको युद्धका कारण अमेरिकाको महत्वपूर्ण हतियार भण्डारमा परेको दबाबबारे लगातार समाचार प्रकाशित गरेका थिए।

जानकारी चुहाउने व्यक्तिको पहिचान गर्ने प्रयास मात्र नभई भविष्यमा अन्य अधिकारीहरूले समेत सञ्चारमाध्यमलाई सूचना दिन नडराऊन् भन्ने उद्देश्यले परीक्षणलाई दबाबको रूपमा प्रयोग गरिएको हुन सक्ने अनुसन्धानबारे जानकार व्यक्तिहरूले बताएका छन्।

अमेरिकी संयुक्त सैन्य स्टाफमा विश्वभरका अमेरिकी सैन्य कमान्डरहरूसँग सैन्य अभियान, नीति तथा युद्ध योजनाको समन्वय गर्ने करिब १ हजार ५०० देखि २ हजार अधिकारी तथा कर्मचारी कार्यरत छन्।

पेन्टागनका प्रवक्ता सियन पार्नेलले भने आन्तरिक कर्मचारी वा अनुसन्धानसम्बन्धी विषयमा मन्त्रालयले टिप्पणी नगर्ने बताएका छन्।तर उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना चुहाएको विषयलाई पेन्टागनले अत्यन्त गम्भीर रूपमा लिने र त्यसबारे आवश्यक अनुसन्धान गर्ने बताएका छन्।’अमेरिकी सेना र विश्वभर खटिएका हाम्रा सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न वर्गीकृत सूचनाको संरक्षण महत्वपूर्ण छ,’ उनले भनेका छन्।

संयुक्त सैन्य स्टाफको यति ठूलो संख्यामा र उच्च तहका अधिकारी तथा कर्मचारीमाथि एकैपटक पोलिग्राफ परीक्षण गरिएको घटना अमेरिकी सैन्य इतिहासमै असाधारण मानिएको छ।

अमेरिकी नौसेनाका पूर्व शीर्ष न्यायाधिवक्ता रियर एडमिरल डोनाल्ड जे. गुटरले आधुनिक समयमा अमेरिकी सेनाको उच्च तहमा यति व्यापक रूपमा पोलिग्राफ प्रयोग भएको आफूले कहिल्यै थाहा नपाएको बताए।

‘मैले यति व्यापक रूपमा वा यति वरिष्ठ तहमा पोलिग्राफ प्रयोग भएको कहिल्यै देखेको छैन,’ गुटरले भने, ‘मेरो अनुभवमा यो अभूतपूर्व हो।’राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई सूचना चुहावट रोक्न आक्रामक रूपमा अनुसन्धान गर्न दबाब दिँदै आएका छन्।

उनले इरान युद्धको अमेरिकी व्यवस्थापन तथा हतियार अभावबारे आलोचनात्मक समाचारलाई ‘देशद्रोही’समेत भनेका छन्।यसले पेन्टागनभित्र पहिले नै रहेको अविश्वास र आशंकाको वातावरणलाई थप गहिरो बनाएको वर्तमान तथा पूर्व अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार रक्षा सचिव पिट हेगसेथको नेतृत्वमा यस्तो वातावरण अझ बढेको छ।

हेगसेथले रक्षा सचिवको जिम्मेवारी सम्हालेयता आफ्ना निकट सहयोगीहरूको सानो घेरालाई बलियो बनाउँदै कम्तीमा ८० जना जनरल, एडमिरल तथा अन्य उच्च अधिकारीलाई जिम्मेवारीबाट हटाएका वा उनीहरूको बढुवा रोकिएका छन्।गत वर्षको सुरुदेखि नै हेगसेथको नेतृत्वसम्बन्धी समाचार बाहिरिएपछि पेन्टागनले विभिन्न चुहावट अनुसन्धान अघि बढाउँदै आएको छ।

यद्यपि हेगसेथ आफैं पनि संवेदनशील सैन्य सूचनाको व्यवस्थापनलाई लिएर विवादमा परिसकेका छन्।गत वर्ष यमनमा गरिएको अमेरिकी हवाई आक्रमणसम्बन्धी संवेदनशील विवरण ‘सिग्नल’ समूहमा साझा गरेको विषयमा उनको आलोचना भएको थियो।

हेगसेथले मे ५ यता इरानमा जारी अमेरिकी युद्धबारे पेन्टागनका पत्रकारहरूलाई औपचारिक ब्रिफिङसमेत दिएका छैनन्।उनले पेन्टागनमा पत्रकारहरूको पहुँच सीमित गर्ने प्रयास पनि गरेका छन्, जसलाई लिएर न्युयोर्क टाइम्सले अदालतमा चुनौती दिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय