नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत आज बिहानै उपमहानगरपालिका क्षेत्रबाट १७ वटा छाडा पशु चौपाया संकलन गरी वडा नम्बर २१ बिर्तास्थित कान्जीहाउसमा व्यवस्थापन गरिएको छ।
संकलन गरिएका पशु चौपायामध्ये ७ वटा गाई, बाच्छा, बाछी तथा साँढे र १० वटा घोडा, घोडी तथा बछेरा रहेका छन्।
नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीका अनुसार सडक तथा सार्वजनिक स्थानमा छाडा रूपमा रहेका पशुका कारण हुने दुर्घटना, सडक अवरोध र सर्वसाधारणलाई हुने असुविधा न्यूनीकरण गर्न नियमित रूपमा यस्तो अभियान सञ्चालन हुँदै आएको छ।
उपमहानगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।