ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भक्तपुर । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ । आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको शुल्क प्रणालीअन्तर्गत हालसम्म ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।

नगरपालिकाले सुरुमा गैरसार्क मुलुकका पर्यटकसँग मात्रै शुल्क उठाएको थियो । चीनसहित सार्क मुलुकका पर्यटकसँग भने २०५४ सालदेखि शुल्क लिन थालिएको हो ।हालसम्म ३४ लाख २८ हजार ४६ गैरसार्क र १८ लाख ३७ हजार २१८ चीनसहित सार्क मुलुकका पर्यटक भक्तपुर आएका छन् ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा कम तीन हजार ११२ पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए । ३२ वर्षको अवधिमा सबैभन्दा धेरै पर्यटक आव २०७०/७१ मा आएका थिए । उक्त वर्ष दुई लाख ९० हजार ८९१ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।

पछिल्लो आव २०८२/८३ मा दुई लाख २१ हजार ९७६ विदेशी पर्यटक भक्तपुर आएका थिए । गत आवमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका थिए । ७० हजार ७११ भारतीय र ३६ हजार ७८३ चिनियाँ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।

नगरपालिकाले हाल गैरसार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति दुई हजार र चीनसहित सार्क मुलुकका पर्यटकसँग ५०० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । नगर प्रवेशका १४ स्थानमा शुल्क सङ्कलन केन्द्र सञ्चालनमा छन् ।

पर्यटक शुल्क नगरपालिकाको प्रमुख आन्तरिक स्रोतका रूपमा रहेको छ । नगरपालिकाका अनुसार शुल्कबाट सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा पर्यटक लक्षित पूर्वाधारमा खर्च हुँदै आएको छ ।

नगरपालिकाले पर्यटकका लागि छ भाषामा पर्यटन ब्रोसर, सूचना केन्द्र, निःशुल्क इन्टरनेट, ह्विलचेयर, लगेज राख्ने तथा मोबाइल चार्ज गर्ने सुविधासमेत उपलब्ध गराउँदै आएको छ । विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटक करिब पाँच गुणा बढी भक्तपुर आउने अनुमान नगरपालिकाको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय