ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार साँझ दिल्ली मेट्रोमा अचानक यात्राका रूपमा देखिएपछि स्कुले बालबालिकासहित यात्रुहरू खुसी र आश्चर्यमा परे । मोदी करिब २० मिनेटको यात्राका क्रममा येलो लाइनको मेट्रो चढेर दिल्ली विश्वविद्यालयस्थित ‘विश्वविद्यालय’ स्टेसनसम्म पुगेका थिए । मेट्रोमा प्रवेश गर्नुअघि उनले ट्राभल कार्ड प्रयोग गरी टिकटिङ गेट पार गरेका थिए ।

मेट्रोको डिब्बामा पुगेपछि मोदीले विभिन्न उमेर समूहका स्कुले विद्यार्थीहरूसँग हात मिलाउँदै कुराकानी गरे । उनले बालबालिकासँग सहज रूपमा संवाद गर्नुका साथै केही महिला यात्रुसँग पनि कुराकानी गरेका थिए ।यस क्रममा मोदीले एक बालिकालाई ‘उनको नाम र कहाँ जाने हो’ भनी सोधेका छन् भने अर्का बालकलाई ‘जन्माष्टमी’ मनाए नमनाएको बारेमा समेत सोधेका छन् । त्यसो त भारतीय प्रधानमन्त्रीले बालबालिकासँग तिनको पठन संस्कृतिको बारेमा पनि कुराकानी गर्दै अटोबायोग्राफी र बायोग्राफी पढ्न समेत सुझाएका छन् । मोदीले भनेका छन्, ‘जिसके भि अटोबायोग्राफी पढो…खेलाडीके पढसक्ते हो, सिने कलाकारकी पढसक्ते हो….साइनटिस्टकी पढसक्ते हो….।’

प्रधानमन्त्रीलाई आफूहरूसँगै मेट्रोमा यात्रा गरिरहेको देखेपछि बालबालिकाको उत्साह बढेको थियो भने अन्य यात्रु पनि उनीसँग सहजरुपमा कुराकानी गरिरहेको सामाजिक सञ्जालका भिडियोमा देख्न सकिन्छ ।मोदी दिल्ली विश्वविद्यालयमा आयोजित श्रीराम कलेज अफ कमर्स (एसआरसीसी) को शताब्दी समारोहमा विद्यार्थीहरूलाई सम्बोधन गर्न मेट्रोबाट पुगेका थिए ।

यो मोदीको दिल्ली मेट्रो यात्रा भने पहिलो होइन । उनले २०२३ मा दिल्ली विश्वविद्यालयको शताब्दी समारोहमा सहभागी हुन मेट्रो यात्रा गरेका थिए । त्यसअघि २०१५ मा फरिदाबाद विस्तार लाइन उद्घाटन गर्न पनि उनले दिल्ली मेट्रो प्रयोग गरेका थिए । त्यस्तै, फेब्रुअरी २०२६ मा उनले मेरठ मेट्रोमा यात्रा गरेका थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय