ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाल–तिब्बत सीमामा हालै आएको विनाशकारी बाढी पहिरोमा अहिलेसम्म मर्नेको सङ्ख्या १ हजार ३ सय ७५ माथि उक्लिएको छ । यो प्राकृतिक विपद्ले सयौँ घरपरिवारको बिल्लीबाठ पारेको छ । सोही बाढीमा परेर केरुङ नाकामा भर्खरै जागिर सुरु गरेकी एक चिनियाँ भन्सार अधिकृतको मृत्यु भएको छ ।

२४ वर्षीया ली लेयाङले अगस्ट २१ मा तिब्बतको केरुङ बन्दरगाहस्थित भन्सार कार्यालयमा वनस्पति क्वारेन्टिन अधिकृतका रूपमा काम सुरु गरेकी थिइन् । काम थालेको चार दिन मात्रै पूरा भएको थियो । अगस्ट २६ मा आएको विनाशकारी पहिरो र बाढीमा परेर उनको ज्यान गयो ।नेपालतर्फ हिमनदी भत्किएपछि आएको पहिरो र बाढी केही मिनेटमै सीमावर्ती क्षेत्रमा फैलिएको थियो । घटनाका कारण केरुङ बन्दरगाह क्षेत्रका सडक, भवन तथा अन्य संरचनामा ठुलो क्षति पुगेको थियो । भन्सार कार्यालय रहेको भवन पनि पहिरोको चपेटामा परेको थियो । घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा भन्सार भवनको अधिकांश संरचना ध्वस्त भएको र केही फलामे संरचना मात्र बाँकी रहेको देखिएको छ  |

चिनियाँ सञ्चारमाध्यमका अनुसार तिब्बत क्षेत्रमा पहिरो र बाढीका कारण हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ भने सयौँ मानिस अझै बेपत्ता भएका छन् । केरुङ बन्दरगाह आसपासको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । उद्धार तथा खोजी कार्य अझै जारी छ । लीको मृत्युको खबर सार्वजनिक भएपछि उनको व्यक्तिगत सङ्घर्ष र छोटो सरकारी सेवाको कथा चिनियाँ सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ ।

ग्रामीण परिवारमा जन्मिएकी लीले आफ्नो पढाइलाई अघि बढाउन लामो सङ्घर्ष गरेकी थिइन् । उनले सुरुमा आन्हुई युनिभर्सिटी अफ एप्लाइड टेक्नोलोजीबाट एसोसिएट डिग्री हासिल गरेकी थिइन् । त्यसपछि आफ्नो शैक्षिक योग्यता थप बलियो बनाउन आन्हुई कृषि विश्वविद्यालयमा भर्ना भएर स्नातक तह पूरा गरिन् ।

त्यसपछि उनले बेइजिङस्थित प्रतिष्ठित चाइना एग्रिकल्चरल युनिभर्सिटीको स्नातकोत्तर प्रवेश परीक्षा उत्तीर्ण गरिन् । केही महिनाअघि मात्र स्रोत उपयोग तथा वनस्पति संरक्षणसम्बन्धी विषयमा उनले स्नातकोत्तर तह पूरा गरेकी थिइन् ।भन्सार सेवामा प्रवेश गर्न उनले अत्यन्त प्रतिस्पर्धात्मक सरकारी सेवाको परीक्षा दिएकी थिइन् । करिब २ हजार जना उम्मेदवार सहभागी भएको परीक्षामा उनी पहिलो स्थानमा परेकी थिइन् । त्यसपछि मात्र उनले सरकारी जागिर पाएकी थिइन् ।

केरुङ भन्सार कार्यालयले नयाँ कर्मचारी परिचय गराउने क्रममा लीलाई मेहनती, साहसी र भावनात्मक रूपमा स्थिर स्वभावकी युवतीका रूपमा प्रस्तुत गरेको थियो । उनलाई फूल रोप्न, किताब पढ्न तथा बिरालो र कुकुरसँग खेल्न मन पर्ने बताइएको थियो ।

नयाँ जिम्मेवारी सम्हाल्दै लीले आफूले सीमामा जैविक सुरक्षाको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् । तर उनको त्यो नयाँ यात्रा चार दिनमै टुङ्गियो । लीकी बहिनीले सामाजिक सञ्जालमा दिदीसँग जोडिएको एउटा भावुक सम्झना सार्वजनिक गरेपछि उनको कथा झन् चर्चामा आएको हो ।

उनका अनुसार लीले अर्को वर्षको वसन्त चाडको बिदामा आफ्ना आमा बुबालाई बेइजिङ घुमाउन लैजाने योजना बनाएकी थिइन् । बहिनीले दिदीको मृत्युबारे लेख्दै जागिर पाउन निकै कठिन सङ्घर्ष गरेकी लीले चार दिन मात्र काम गर्न पाएको र उनको पहिलो तलब नै पेन्सनमा परिणत भएको भाव व्यक्त गरेकी छन् ।

लीको सङ्घर्ष र असामयिक मृत्युबारे चिनियाँ सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया आएका छन् । धेरैले उनको मेहनत, सपना र परिवार प्रतिको जिम्मेवारी सम्झिँदै दुःख व्यक्त गरिरहेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको जीवन परीक्षाको तयारी र सङ्घर्षमै बितेको उल्लेख गर्दै उनले जीवनको खुसी अनुभव गर्न नपाउँदै चार दिनमै संसार छाड्नुपरेको भन्दै दुःख व्यक्त गरेका छन् । अर्का प्रयोगकर्ताले उनको नियतिलाई अत्यन्त कठोर भन्दै श्रद्धाञ्जली दिएका छन् ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय