क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ । पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिवार साँझ भेटवार्ता भएको छ ।

दुई नेताबिच ‘वान टु वान’ भेट भएको दुवै पक्षले पुष्टि गरे । ‘हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापतिबिच भेटघाट भएको हो । सभापतिज्यूले निवर्तमान कार्यवाहक सभापतिले राखेका माग पूरा गर्न सहमति जनाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब सहमति हुने सम्भावना बढ्यो ।’खड्काले १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक नगरेको निहुँमा १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने बताउँदै आएका छन् । सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता आफ्नो जिम्मेवारी रहेको उनको भनाइ रहँदै आएको छ । साथै उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने बताइरहेका छन् ।

त्यो विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतहरूले बताएका छन् । त्यस्तै आइतबार बिहान ११ बजे  सभापति थापा र नेता डा. शेखर कोइरालाबिच पनि भेट हुँदै छ । भेटमा नेता डा. कोइरालाले राखेका एजेन्डाबारे कुरा हुने बताइएको छ ।

डा. कोइरालाले पार्टीमा एकता कायम राख्नका लागि भन्दै १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४ औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने, १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव राखेका छन्। ती प्रस्तावमा खड्काको पनि सहमति रहेको नेताहरू बताउँछन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति आफैँले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भेटघाट गरिरहेको बताए । सहमतिको सम्भावना बनेको बताउँदै प्रवक्ता चालिसेले को–को सँग सभापतिले भेटेको भन्नेबारे दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ हुने बताए ।

‘विवाद समाधानका लागि सभापतिज्यूले केही नेताहरूलाई भेटिसक्नुभयो । केहीसँग भेट्दै हुनुहुन्छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘ भेटमा के के कुरा भयो ? भन्ने ब्रिफिङ आज कार्यसम्पादन समिति बैठक छ त्यहाँ हुन्छ ।’

उनले सहमतिको सम्भावना प्रबल रहेको पनि बताए ।

सहमति भएमा भदौ २४ गते गर्ने भनिएको पार्टीको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन केही समय सर्न सक्ने र त्यो निर्णय कार्यसम्पादन समिति बैठकबाट हुने सक्ने सङ्केत प्रवक्ता चालिसेले गरे ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय