ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

आज भदौ २२ अर्थात् रसुवा र नुवाकोटबासी साथै देशभरका करोडौं मानिसले भोगेको कालो दिनको १३ दिन । सर्वप्रथम दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली, जसले त्रिशुलीको लेदोमा आफ्नो अन्तिम श्वास फेर्नुभयो ।

सधैं जस्तो भदौ १० बुधबारको बिहान, तर फरक भईदियो दिन  । बिहान साढे ८ सम्म सामान्य रहेकाे जनजीवन त्यसपछि एक्कासी रसुवागढी सिमानाकाबाट एउटा अत्यासलाग्दो र अकल्पनीय बाढी रसुवा पसेपछि भने त्रासदपूर्ण र कहाली लाग्दो बन्यो । त्यो रसुवा पसेको मात्र नभई हजारौं मानिसको जीवन उजाड्यो अनि लाखौंलाई कहिल्यै नमेटिने चोट दियो अनि करोडौंलाई जीवनभर बिर्सन नसक्ने विपत्ति दर्शायो ।

भन्थे बुढापाकाहरु महाप्रलय भन्ने कुरा, लेखिएका थिए किम्बदन्तीहरुमा समुन्द्र मन्थनका कुरा तर यो पुस्ता अनि हामी बन्यौं त्यसको प्रत्यक्षदर्शी एवं साक्षी । उत्तरी छिमेकी चिनबाट सुरु भएको महाप्रलयले रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती, नयाँपुल, शान्तिबजार, त्रिशुली बजार, देवीघाट, मोरनघाट, गल्छी, बैरेनीसम्मै आप्mनो रुप देखायो ।

कतिको परिवार नै छैनन्, कतिको वंशनाश भयो ? कतिको बाबु आमा हराए अनि कतिको छोराछोरी ? त्यसको तथ्यांक कहिले आउला र खै ? जनैपूर्णिमाको बेला गोसाईकुण्ड मेला भर्न हिँडेका कतिको तथ्यांक कोसँग होला र ? मानसरोबर यात्राको मौसम, स्वदेशी एवं विदेशी पर्यटकहरु कहाँका कति परे ? त्यसको लेखाजोखा कहिलेसम्म गर्न सकिएला ?

अझै पनि हजारौंको संख्यामा त्रिशुलीकै गर्भमा छन् वा अन्यत्र कहाँ छन् ? खोजीकै क्रम जारी छ । देश र जनताका लागि दिनरात नभनेर खटिने कसम खाएका सुरक्षाकर्मीहरु कत्ति पनि विचलित नभई त्रिशुलीका बगर र सुरुङका हिलोहरुमा चोपलिँदैछन्–कसै जीवनको खोजीमा ।

आशा र सम्भावना जबसम्म हुन्छ तबसम्म अन्तिम व्यक्ति भेटिँदैन, पछिल्ला २ दिनमा चारजनाको उद्धार हुनुलाई त्यसको प्रमाणको रुपमा लिनसकिन्छ । हाइड्रोको सुरुङबाट १० औं दिनमा निकालिएका सञ्जय र कविरमात्र होइन ११ औं दिनमा निकालिएका चिनियाँ नागरिक र बेत्रावतीको भग्नावशेषबाट निकालिएकी चण्डीका पनि त्यसका ज्वलन्त उदाहरण हुन् ।

शायद पहिलोपटक देख्नेहरुलाई सरकार छ भन्ने अनुभूति भएको छ, त्यसको अनुभव ११ औं दिनको कोराभित्र बसेका चण्डीकाका आफन्तलाई सोध्दा हुन्छ ।

सुरक्षा निकायहरु यतिबेला कतिपय विदेशी उद्धारकर्मीसँगको सहकार्यमा त्रिशुलीको बगर अनि हाइड्रोपावरका सुरुङमा जीवन खोजिरहेका छन् । त्यसमा सफल होउन् र कैंयौं हराइरहेकाहरुको परिवारमा फेरि खुशी फर्कियोस् । विश्वमा विपद्का बेला कैंयौं दिनपछि पनि उद्धार गरिएका उदाहरणहरु प्रशस्तै छन्, त्यसमा नेपाल पनि थप उदाहरणीय बनोस् । उद्धारकर्मीहरुले गरेको प्रयास व्यर्थ नजाओस्, एउटा जीवन बचाउनका लागि सरकार र उद्धारकर्मीहरुले कतिसम्म गर्दोरहेछ भन्ने कुराको उदाहरण यसैबेला देख्न पाइएको छ, त्यसमा सफलता हात लागोस् ।

ती सुरक्षाकर्मीहरुलाई सलाम, जो वर्षौंसम्म सँगै ड्युटी गरेका साथीहरुसँग सेकेन्डमै छुट्टिए र उनैहरुको खोजीमा चौबिसैघण्टा खटिएका छन् । उनीहरुले पनि यतिबेला प्रधानमन्त्री बालेन शाहको अभिभावकीय भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

त्यस्तै बालबालिकाहरुका लागि कृष्णाजन्माष्टमीका दिन प्रधानमन्त्री बालेनले गरेको सम्बोधनले आम बाढी प्रभावित बालबालिकाहरुको मनोविज्ञान सरकारले बुझेको स्पष्ट भएको छ । सरकारले बालबालिकाको हितका लागि चाल्नुपर्ने कदम र सुनिश्चित भविष्यको सपना देखाएका छन् प्रधानमन्त्री बालेनले ।

त्यसबाहेक सबैभन्दा धेरै यस सरकारको सफलता र साथको अर्का बलियो प्रमाण छ, प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दाखिला भएको सहयोग रकम ।

चौबिसै घण्टा बाढी र पहिरोको त्रासबीच मैदानमा खटिएको सिपाहीदेखि १ कक्षामा पढ्ने बालकले खुत्रुके फोडेर गरेको सहयोगलाई नजरअन्दाज गर्न मिल्दैन । एउटा विदेशी निजी कम्पनीले गरेको डेढ अर्बको सहयोगदेखि डडेलधुराको जनज्योती प्राविका २३ जना बालबालिकाले खाजाको रकम कटाएर दिएको १६१२ रुपैयाँ नै यस सरकारप्रति जनताले दिएको विश्वास हो ।

बाढीको आज १३ औं दिन पुगिसक्दा सरकारले पुर्नर्निमाणको कार्य पनि सुरु गरिसकेको छ । झण्डै ३५ वटा पुलहरु तहसनहस पारेर विच्छेद पारेको सम्पर्कलाई पुर्नस्थापित गर्नका लागि नेपाली सेनाले बनाउन सुरु गरेको बेलिब्रिज अन्तिम चरणमा पुगिसकेको छ भने कतिपय स्थानमा तुइनकै माध्यमबाट भए पनि सुविधा दिइरहेको छ । त्यसबाहेक सरकारले कतिपय स्थानमा ड्रोनबाट पनि राहत सामाग्री उपलब्ध गराएर त्रसित मनहरुलाई केही हदसम्म भए पनि मल्हम लगाउने प्रयासमा गरेको छ ।

करिब आधाघण्टाको बाढीले सखाप पारेको खर्बौंको भौतिक क्षति र असिमित र अनगिन्ती मनहरुको घाउको क्षतिपूर्ति तत्काल नहुने भए पनि सरकारले अगाडि सारेका योजना र कार्यहरुलाई कार्यान्वयन गर्नेहरुले पूर्ण पालना गरेमा केही हदसम्म खाटा बस्न सक्नेछ भन्ने विश्वास छ ।

जिन्दगीभरको सपनालाई क्षणभरमै बगरमा पुगेको अकल्पनीय पीडामा मल्हम लगाउन सरकारले पुनस्र्थापना गर्नका लागि पहिचानको काम सुरु गरिसकेको छ । त्यसका लागि आफैं बाढीको चपेटामा परेका स्थानीय तहहरुले विस्तारै काम अघि बढाउलान् ।

र, अन्त्यमा त्रिशुलीको किनारमा बसेर जीवन जिइरहेका र सोही किनारलाई कर्मथलो बनाएर सपना बुनिरहेका सबैको राम्रो होस् । सबै दिवंगतहरुप्रति १३ औं दिनको पुण्यतिथिका अवसरमा हार्दिक श्रद्धाञ्जली, अनि सम्पर्कबिहीन हुनुभएका सबैको यथाशीघ्र अवस्था पत्ता लागोस्, अनि उद्धार भई घाइते हुनुभएकाहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना, अनि शारिरीकरुपमा तन्द्रुस्त तर मानसिक रुपमा विक्षिप्त हुनुभएका सबैलाई ईश्वरले थप शक्ति प्रदान गरुन् !

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय