काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढीप्रभावित क्षेत्रको अवलोकनमा जाँदै छन्। राष्ट्रपति पौडेल सोमबार बाढीप्रभावित क्षेत्र नुवाकोट पुग्ने जनाइएको छ।शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको मैथिल ब्यारेक पुग्नेछन्।
त्यहाँबाट उनी नुवाकोटा विभिन्न स्थानमा पुगेर बाढीको क्षतिको अवलोकन गर्नेछन्। त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था पनि बुझ्ने जनाइएको छ।राष्ट्रपति पौडेल बाढी आएको १३औँ दिनमा अवलोकनमा जान लागेका हुन्।
बाढीको १३ दिन पुगेको दिन आज देशभर राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।