ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

जर्कार्ता । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन् ।

स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लाग्न सुरु भएको थियो । सुरुमा एउटा क्षेत्रमा देखिएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरहरूमा पुगेको थियो ।आगोलाई नियन्त्रणमा लिन दमकल र पानीको फोहोरा प्रयोग गरिए पनि आगलागी तीन घण्टाभन्दा बढी समयसम्म जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हेनरी जे. मानुरुङका अनुसार घटनास्थलको निरीक्षणका क्रममा ११ जनाको शव फेला परेको थियो ।

मृतक सबैको शरीरमा जलेको घाउ देखिएको उनले बताए । मृत्यु हुनेमध्ये पाँच जना वयस्क र ६ जना बालबालिका रहेका छन् । मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र आगलागी कसरी सुरु भयो भन्ने पत्ता लगाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

बजार क्षेत्र र आसपासका घर तथा पसलहरू एक अर्कासँग निकै नजिक र बाक्लो रूपमा निर्माण गरिएका कारण आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई कठिनाइ भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मानुरुङले आगोको तीव्रता र घर तथा पसलहरू एक अर्कासँग टाँसिएका कारण आगो नियन्त्रणमा लामो समय लागेको बताए ।

घटनास्थलमा संरचनाहरू बाक्लो रूपमा रहेकाले आगो एउटा भवनबाट अर्को भवनमा छिटो फैलिएको अनुमान गरिएको छ । अग्नि नियन्त्रकहरूले दमकल र पानीको फोहोरा प्रयोग गर्दै आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

इन्डोनेसियामा पछिल्लो समय आगलागीका ठुला घटनाहरू भइरहेका छन् । यसअघि डिसेम्बरमा राजधानी जकार्ताको सेन्ट्रल जकार्तास्थित सात तले कार्यालय भवनमा भएको आगलागीमा २२ जनाको मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय