क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

साहित्यकार अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘सेतो धरती’ अब पोखरामा मञ्चन हुने भएको छ। काठमाडौंमा १०१ शो पूरा गरिसकेको नाटकले विराटनगरमा पनि हाउसफुल मञ्चनसहित सफलता पाएको थियो।

नाटक भदौ २६, २७, २८ र २९ गते पोखरा थिएटर, गैह्रापाटनमा मञ्चन हुने भएको हो। भदौ २६ गते साँझ ५ बजे पहिलो शो हुनेछ भने २७ देखि २९ गतेसम्म बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी दैनिक तीन शो मञ्चन गरिनेछ।

कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीका अनुसार काठमाडौंमा मञ्चन भइरहँदा पोखरेली दर्शकबाट नाटक पोखरा ल्याउन आग्रह गर्दै ठूलो संख्यामा फोन तथा सन्देश आएपछि पोखरामा प्रदर्शन गर्न लागिएको हो। रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ पनि पुर्‍याउने उद्देश्य रहेको उनले बताए।

पोखरा मञ्चनका क्रममा लेखक अमर न्यौपाने र सञ्चारकर्मी टिकाराम यात्रीको समेत उपस्थिति रहनेछ। हरेक शोमा दर्शकसँग अन्तरक्रिया, साहित्य मन्थन तथा पुस्तक हस्ताक्षर कार्यक्रमसमेत गरिने जनाइएको छ।

विराटनगरको आरोहण गुरूकुलमा भदौ १२, १३ र १४ गते मञ्चन गरिएको नाटकका सबै शो हाउसफुल भएका थिए। विराटनगर मञ्चनबाट प्राप्त रकममध्ये रसुवा–भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नाटक समूहले १ लाख १ हजार रूपैयाँ सहयोगसमेत गरेको जनाएको छ।

सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा एड्रिन धमलासहित गीता विष्ट, सुहाना आचार्य, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, विरान दाहाल, प्रतीक चौधरीलगायत कलाकारहरूको अभिनय छ।

१ घण्टा ४० मिनेट लामो नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ।टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिनेछ।

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय