ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरियाले गत वैशाख ३१ गते शुद्धोधन गाउँपालिका–बडहवा निवासी २१ वर्षीया प्रियंकासँग विवाह गरे । विवाहका बेला आशिष नेपाल प्रहरीको जवान तालिम सकेर भर्खरै कार्यक्षेत्रमा खटिएका थिए ।

विवाह भएको केही दिनमै उनी कार्यक्षेत्रका लागि रसुवा पुगे । नवविवाहित दम्पतीले सँगै जीवनका नयाँ सपना बुन्दै गर्दा आशिषको ड्युटीले उनीहरूलाई टाढा बनायो । तर, त्यो दूरी यति लामो होला भन्ने प्रियंकाले सायदै सोचेकी थिइन् ।त भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि आशिष सम्पर्कविहीन भए । त्यसयता उनको कुनै खबर आएको छैन । आशिष हराएको करिब दुई साता पुग्न लाग्दा उनको परिवारमा चिन्ता, पीडा र आशंका झन् गहिरिँदै गएको छ । आशिष घरका एक्ला छोरा हुन् । नेपाल प्रहरीमा प्रवेश गरेको करिब १७ महिनापछि उनी रसुवाको मैलुङ क्षेत्रमा कार्यरत थिए । जागिरको सुरुवाती समयमै उनी बाढीमा परेर सम्पर्कविहीन भएका हुन् ।

श्रीमानको अवस्था अज्ञात भएपछि प्रियंका गहिरो तनावमा छिन् । आइतबार बिहान उनले आत्महत्याको प्रयाससमेत गरिन् । समयमै परिवार र स्थानीयवासीले थाहा पाएपछि उनको ज्यान जोगिएको हो । प्रियंकाको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

आशिषका भिनाजु हेमन्त पालका अनुसार प्रियंकालाई  उपचारपछि उनको अवस्थामा केही आज सोमबार सुधार आएको छ । उनलाई आईसीयूबाट निकालेर जनरल वार्डमा सारिएको रातोपाटीलाई बताए । ‘आज डाक्टरले जाउलो पनि खुवाउन भन्नुभएको छ । अहिले केही खान सक्ने अवस्थामा हुनुहुन्छ,’ पालले भने ।

अस्पतालमै प्रियंकासँग रहेका पालका अनुसार उनको शरीरमा केही सुधार आए पनि मन भने अझै आशिषकै खबरको प्रतीक्षामा छिन् । ‘आशिषको केही खबर आइहाल्छ कि भन्ने आशा छ । तर अहिलेसम्म सम्पर्कविहीन छन् । कहिले आउलान्, कस्तो खबर आउला भन्ने आशा र त्रास दुवै छ,’ उनले भने ।

प्रियंकासँगै आशिषका आमाबुबाको अवस्था पनि उस्तै छ । एक्लो छोरा लामो समयदेखि सम्पर्कविहीन भएपछि आमा निर्मला र बुबा खेदु दिनरात चिन्तामा छन् । महाराजगन्ज नगरपालिका–४ का वडाध्यक्ष शैलेन्द्रनाथ शुक्लाका अनुसार आशिषको परिवारमा अहिले ठुलो तनावमा छ । ‘आशिष घरको एक्लो छोरा हुन् । भर्खरै प्रहरीको जागिर खाएका थिए । विवाह पनि केही महिनाअघि मात्रै भएको थियो,’ वडाध्यक्ष शुक्लाले भने, ‘छोरा सम्पर्कविहीन भएपछि आमाबुबाको अवस्था निकै बेहाल छ ।’

परिवारका लागि आशिषको अनुपस्थिति केवल आफन्त हराउनुको पीडा बनेको छैन । यो हरेक दिन थपिँदै गएको अनिश्चित प्रतीक्षा बनेको छ । ढोकामा कसैले खबर ल्याउँछ कि, फोन बजेर आशिषको आवाज सुनिन्छ कि भन्ने आशामा परिवार बसेको छ । उता प्रहरीले आशिषको खोजी कार्य जारी राखेको जनाएको छ । तर हालसम्म उनको अवस्थाबारे कुनै सुखद खबर प्राप्त नभएको डीएसपी  रिपेन्द्र सिंहले बताए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय