ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

विराटनगर। कोशी प्रदेशसभामा साेमबार बसेको बैठकले ‘कोशी प्रदेश दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सो विधेयकलाई विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरे।

उक्त प्रस्ताव बहुमतले पारित गरेपनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको हो। सो विधेयकमाथि प्रदेशसभाका सदस्य अमृत अर्याल र शोभा चेम्जोङले संशोधन प्रस्ताव दर्ता गर्नुभएपछि दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको हो।खानेपानी, सिँचाइतथा ऊर्जामन्त्री तिलचन पाठक र भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले शून्य समय र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। यसअघि बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले भोटेकोशी नदीमा आएको बाढीले हामी सबैलाई रुवाएको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनाबाट पाठ सिकेर सरकारले समयमै उचित ध्यान पुर्‍याउनुपर्ने धारणा राखे।

उनले भोटेकोशी नदीमा आएको बाढीले अपार जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रीन आर्मी नेपाल नामक संस्थालाई तत्काल सरकारले खारेज गर्नुपर्ने माग गरे।बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती, यशोदा कायस्त, मीना श्रेष्ठ, शिला दीक्षित कार्की, नम्वरलाल धिमाल, गीतादेवी रेग्मी, गयानन्द मण्डल र तारादेवी ढकालले पनि मुलुकको समसामयिक विषयमा बोलेका थिए। प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय