काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको राहतका लागि नेपाल राष्ट्र बैंकले आर्थिक सहयोग गरेको छ ।
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, पदाधिकारी तथा करार सेवामा कार्यरत कर्मचारीसहित सम्पूर्ण कर्मचारीका तर्फबाट १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरिएको होउक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीको तर्फबाट उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।