ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका हुन् ।हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ । हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाहा छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

भदौ १० गते लाङटाङ हिमालको करिब ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि भोटेकोशी नदीमा लेदोसहितको आकस्मिक बाढी आएको थियो। बाढीले रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएपछि सुरुदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। खोजीमा सहयोग पुर्‍याउन मित्रराष्ट्रका विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ ।रसुवागढी जलविद्युत् आयोजनामा बाढीले हेडवक्र्स, पावरहाउस बाहिरका संरचना तथा भूमिगत पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुर्‍याएको छ । प्रतिकूल मौसमका कारण सुरुमा हेलिकप्टर अवतरण गर्न नसके पनि अहिले हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्‍याएर खोजी जारी राखिएको छ ।

नेपाली सेनाको टोली सुरुङभित्र करिब २७५ मिटरसम्म पुगे पनि हालसम्म बेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन ।त्यस्तै लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र करिब ६० मिटरसम्म पुगेर खोजी गर्दा दुई शव फेला पारेको छ। त्यहाँ पनि खोजी जारी छ ।चिलिमे जलविद्युत् आयोजनामा सुरुङको प्रवेशविन्दुबाट करिब ९० मिटरभित्र पुग्दा दुई शव फेला परेका थिए । खोजीका लागि बबक्याट एस्काभेटरसहितका उपकरण प्रयोग भइरहेका छन् ।

त्यसैगरी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सुरुङभित्र करिब २०० मिटर पुगेपछि ताल भेटिएको थियो । थर्मल ड्रोनमार्फत समेत खोजी गरिएको थियो । खोजीका क्रममा एक शव फेला परेकोमा भदौ २० गते एक जनाको उद्धार गर्नुका साथै थप दुई शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सीमित स्रोत, साधन र समयका बाबजुद सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय