ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘जेन्जी आन्दोलन’को वास्तविक भावना अनुसार नभई, त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोप लगाएका छन्।

जेनजी आन्दाेलनकाे क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा एक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उक्त दुःखद घटनाको एक वर्ष पुगेको अवसरमा उनले ज्यान गुमाउने नवयुवाहरूप्रति श्रद्धाञ्जली र घाइते तथा पीडित परिवारप्रति पाेखरेलले समवेदना प्रकट गरेका छन् । महासचिव पोखरेलले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, सुलभ सेवा प्रवाह र सामाजिक सञ्जालको निर्बाध प्रयोगजस्ता मागहरू अत्यन्तै जायज र साझा सरोकारका विषय भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालको सन्दर्भमा तत्कालीन सरकारले प्रतिबन्ध नभई नियमनका लागि दर्ताको नीति अघि सारे पनि त्यसलाई स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उनको विश्लेषण छ।शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउन ठुलो षड्यन्त्र भएको पोखरेलको दाबी छ। “शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै ‘जेन्जी आन्दोलन’को वास्तविक भावनाको सम्मान गर्नु हो,” उनले भने।

महासचिव पोखरेलले नेकपा (एमाले) सधैँ नवयुवाहरूको पक्षमा रहेको र आगामी दिनमा पनि रहने स्पष्ट पार्नुभएको छ। विगतमा युवाहरूको भावना र माग सम्बोधन गर्ने क्रममा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न पार्टी प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

देशमा सुशासनको प्रत्याभूति दिनु र विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको भन्दै उनले एमाले नवयुवाका जायज मागहरू सम्बोधन गर्न सधैँ तत्पर रहेको बताए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय