ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भक्तपुर। मुलुकमा सुशासन र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष पुरा हुँदैछ। देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना सन्ततिको बलिदानीको असह्य पीडा जेनजी सहिद परिवारले भोगिरहेका छन्।

त्यस आन्दोलनका क्रममा देशका होनहार युवासहित ७६ जनाको निधन भएको थियो । त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरूका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ।त्यस आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा सिन्धुली स्थायी घर भई चाँगुनारायण नगरपालिका–१ बस्दै आएका योगेन्द्र न्यौपाने (रोशन)सहितका युवाको गोली लागेर ज्यान गयो भने कयौँ घाइते भए।एक वर्षपछि भएको भेटमा योगेन्द्रकी सानीआमा तारा रोक्काले त्यो आन्दोलनको स्मरण गर्दै भने, “अघिल्लो वर्ष भदौ २३ छोरालाई आन्दोलनमा गोली लागेको खबर सुनेपछि दौडेर अस्पताल पुग्दा ऊ बितिसकेको रहेछ ।”

स्थानीय प्राथमिक विद्यालयका शिक्षक युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेका जेठा छोरा योगेन्द्र अधिकृतको परीक्षाका लागि लोकसेवाको तयारीमा थिए। सुशासन र भ्रष्टाचार विरुद्धको नव युवापुस्ताको आन्दोलमा सहभागी हुन बानेश्वर पुगेका उनलाई टाउकामा गोली लागेपछि घटनास्थलमा नै निधन भएको थियो।

छोराको सम्झनामा योगेन्द्रका बुबाले गोलन्जर–१ च्याकुटारबेंसीस्थित सुनकोशीको उकास जग्गामा ‘स्मृति पार्क’ निर्माण गरेका छन्। उक्त पार्कको भोलि उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

सानीआमा रोक्काले सरकारले सहिद परिवारलाई गरेकाे वाचा नभुल्नुहुन पनि अनुरोध गरेका छन्। त्यस्तै, भदौ २४ गतेको आन्दोलनमा सहिद भएका बैतडीका निरज पन्तकी धर्मपत्नी कमला एक वर्षदेखि पतिवियोगको पीडामा छिन् भने छोराछोरी पिता गुमाउन परेको असह्य वेदनामा छिन् ।

कमलाले भनिन्, “परिवारको अभिभावक गुमाएपछि एक वर्षको यस अवधिमा भगवान्को प्राथना गर्ने, धैर्यधारणा गर्ने तथा पारिवारिक कर्तव्य पूरा गर्ने काममा लागिरहेको छु । वर्तमान सरकारले पीडाका बीचमा उपलब्ध गराएको सहुलियत र सुविधाप्रति धन्यवाद भन्न चाहन्छु ।”

सरकारले निरजको निधनपछि परिवारलाई रु १५ लाख आर्थिक सहयोग र केही महिलाअघि देखि मासिक २८ हजार भत्ता उपलब्ध गराएको छ । त्यस्तै, भदौ २४ गते सहिद भएका २२ वर्षीय अविशेक चौलागाईंका बुबा दिनेश चौलागाईंले सहिद परिवारसँग भएको सम्झौता पूर्ण कार्यान्वयनको माग गरेका छन्।

सम्झौतामा सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउने लगायतका विषय उल्लेख थिए । उनले छोरालाई गोली लागेको खबर सुनेपछि हतारहतार निजामती अस्पतात पुगेर खोज्दा ‘बेडमा शव’ मात्र फेला परेको घटना सुनाए। त्यही दिन उनले नेपाल प्रहरीको जागिर छाडेका रहेछन्।

दोलखाको सैलुङ गाउँपालिका–४ स्थायीवासी दिनेश चौलागाई र रीता चौलागाईंका एक्ला छोरा अविशेक आफ्ना परिवारसँग भक्तपुरकै चाँगुनारायण नगरपालिका–१ मा बस्दै आएका थिए। यसबिचमा सहिद परिवारको हितका लागि सहुलित, रोजगारी र भत्ता उपलब्ध गराउन सरकारले गरेको निर्णयलाई भने उहाँहरुले सकारात्मक कदमका रुपमा लिएको प्रतिक्रिया दिए।

जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सरकारी संरचनासहित महत्वपूर्ण सम्पदा तथा व्यापारिक भवन समेत जलेर क्षति भएको थियो।

नेपालका राजनीतिक इतिहासमा जेनजी आन्दोलन एउटा महत्वपूर्ण घटनाका रुपमा स्थापित भएको छ ।

सोही आन्दोलनका जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले छोटो समयसीमा भित्र गत फागुन २१ मा आम निर्वाचन गराई वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई नयाँ सरकार गठनका लागि नेतृत्व हस्तान्तरण गरेका थिए।

उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट जित्न सफल भएपछि पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा चयन गरेको हो।

नेपालमा सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका भक्तपुरका योगेन्द्र र अविषेक तथा वैतडीका निरजजस्ता जेनजी आन्दोलनका सहिदको सपना पूरा होस् भन्ने सहिद परिवारको चाहना रहेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय