ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रसुवा । अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

अनेरास्ववियूका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले रसुवाको नौकुण्ड गाउँपालिका–४ मा वडा अध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष रोहबरमा २६ जना बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको हो।त्यसैगरी, बाढीबाट अत्यन्त प्रभावित उत्तरगया गाउँपालिका–बेत्रावती क्षेत्रमा गाउँपालिका प्रमुख माधव अर्याल तथा वडा नं. ५ का वडा अध्यक्ष यमनाथ आचार्यलाई खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, बत्ती, टर्चलाइट, भाँडाकुँडा तथा सरसफाइका आवश्यक सामग्री हस्तान्तरण गरिएको अनेरास्ववियूले जनाएको छ।

अभियानका क्रममा विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने प्रयास गरिएको अनेरास्ववियूले जनाएको छ।

अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाका अनुसार, अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको मानवीय सहायता अभियान केवल राहत वितरणमा सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीयताको प्रतिबद्धता हो।

थापाले विपत्तिमा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै अनेरास्ववियूले आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय