क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

बाँके, भदौ २३ गते –पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बिमामार्फत उपचार सेवा लिने बिरामीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ।

अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ८५ हजार ६८ जनाले भेरी अस्पतालबाट उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा यस्तो संख्या ६० हजार ७ सय ४५ थियो।

स्वास्थ्य बिमा सेवा लिनेको संख्या आर्थिक वर्ष २०८१/८२ मा ६७ हजार ५ सय ८ पुगेको थियो। त्यसको एक वर्षमै १७ हजार ५ सय ६० जनाले वृद्धि भएको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार तीन आर्थिक वर्षको तथ्यांक हेर्दा स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ। उनका अनुसार २०८०/८१ को तुलनामा २०८२/८३ मा सेवाग्राहीको संख्या २४ हजार ३ सय २३ अर्थात् करिब ४० प्रतिशतले बढेको हो।

तीन आर्थिक वर्षमा मात्रै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भेरी अस्पतालबाट सेवा लिनेको संख्या २ लाख १३ हजार ३ सय २१ पुगेको छ।

अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्ट धितालले भेरी अस्पताल पश्चिम नेपालका नागरिकको प्रमुख सरकारी उपचार केन्द्रका रूपमा स्थापित भएको बताए। अस्पतालप्रति यस क्षेत्रका हजारौं बिरामीको विश्वास रहेको उनको भनाइ छ।

निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवामा नागरिकको पहुँच बढ्दै गएसँगै अस्पतालमा बिरामीको चाप पनि बढेको उनले बताए।स्वास्थ्य बिमामार्फत उपचार सेवा लिने बिरामीको संख्या बढ्दै गएपछि अस्पतालको जनशक्ति, उपकरण र भौतिक पूर्वाधार विस्तारमा सरकारले प्राथमिकता दिनुपर्ने स्थानीय नागरिक अगुवाको भनाइ छ।

अस्पताल विकास समितिका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठले विपन्न तथा गरिब नागरिकको प्रमुख उपचार केन्द्रका रूपमा रहेको भेरी अस्पताललाई सरकारले थप सुविधासम्पन्न बनाउनुपर्ने बताए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय