ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडाैँ । आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ । मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो। मासिक ११० लिटरको कोटाभन्दा बढी पेट्रोल खरिद गर्नेले अब प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ । सरकारले मूल्यवृद्धिबाट प्राप्त अतिरिक्त रकम घरपरिवारलाई उपलब्ध गराइने जनाएको छ।

इरानमा पेट्रोलको मूल्य अझै विश्वकै न्यूनमध्ये रहे पनि कमजोर बन्दै गएको मुद्रा र घट्दो क्रयशक्तिले सर्वसाधारणमाथि थप दबाब परेको छ । राज्य तेल वितरण कम्पनीका प्रमुख कार्यकारी केरामत वेस करामीले नयाँ मूल्यले करिब १५ प्रतिशत उपभोक्तालाई असर गर्ने बताए।उनका अनुसार अगस्टमा पेट्रोलको दैनिक खपत १४ करोड ५० लाख लिटर पुगेको थियो भने घरेलु उत्पादन क्षमता १२ करोड २० लाख लिटर मात्र छ ।

विशेषज्ञहरूले पुराना सवारीसाधन र कमजोर सार्वजनिक यातायातका कारण खपत उच्च रहेको बताएका छन् । तर, वार्षिक मुद्रास्फीति करिब ६७ प्रतिशत रहेका बेला पेट्रोलको मूल्यवृद्धिले महँगी थप बढ्न सक्ने उनीहरूको भनाइ छ।

सन् २०१९ को पेट्रोल मूल्यवृद्धिले इरानमा व्यापक प्रदर्शन निम्त्याएको थियो।पछिल्लो मूल्यवृद्धिपछि तेहरानका बासिन्दाले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने चिन्ता व्यक्त गरेका छन् । तेहरानका नागरिक हमिद मिर्जेले पेट्रोल महँगिएपछि सर्वसाधारणको जीवन थप कठिन हुने बताए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय