बाँकेको राप्ती नदीस्थित सिधनियाँघाटमा १ अर्ब १९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काम करिब ७५ प्रतिशत सम्पन्न भइसके पनि पुलको लम्बाइ बढाउनुपर्ने माग स्थानीयस्तरमा चर्किएको छ। हाल ७०० मिटर लामो पुल निर्माण भइरहेकोमा स्थानीयवासीले राप्ती नदीको बाढी तथा डुबान प्रभावित क्षेत्रलाई समेट्ने गरी पुलको लम्बाइ १ हजार १४० मिटर पुर्याउन माग गरेका छन्।
स्थानीयका अनुसार नदीको बाढी र डुबानको प्रभाव क्षेत्र नै करिब १ हजार १४० मिटर रहेकाले ७०० मिटरको पुल पर्याप्त हुँदैन। पुलको लम्बाइ नबढाइ निर्माण सम्पन्न गरिए बाढी तथा डुबानको समस्या यथावत् रहने भन्दै स्थानीयवासीले माग सम्बोधन गर्न आग्रह गरेका छन्। माग पूरा नभए बाँकी पुल निर्माणसँगै नदी नियन्त्रणका कामसमेत प्रभावित पार्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।