ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

मुस्ताङ । पछिल्दाे २४ घण्टामा  मुस्ताङकाे लोमान्थाङमा ७ पटक भूकम्पको धक्का महसुस भएको छ । मुस्ताङको उत्तरी गाउँपालिका लोमान्थाङका स्थानीयहरू पटक पटक भूकम्प आएपछि त्रसित भएका छन् ।

निरन्तर गएको भूकम्पका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङमा ठुलो क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।सदियौँ पुराना माटोका संरचनाले भरिएको माटोको सहर लोमान्थाङका अधिकांश घरहरू चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिका भित्रका करिब सबैजसो घरहरूमा चिरा परेको छ भने ५० प्रतिशतभन्दा बढी घरहरू तत्काल बस्नै नमिल्ने गरी उच्च जोखिममा परेका छन् ।

‘पुराना र नयाँ केही नभनी भूकम्पले क्षति गरेको छ । धेरैजसो घरहरू चिरिएका छन्,’ उनले भने, ‘अलिबेर अडिएर भूकम्प रह्यो भने सबै गर्ल्यामगुर्लुम  ढल्छन् ।’उनका अनुसार, २० देखि ३० प्रतिशत घरहरू पूर्ण रूपमा बस्न अयोग्य भएका छन् । ५० प्रतिशत जतिमा केही बढी क्षति भएको अनुमान गरिएको छ । भूकम्पका कारण मानवीय तथा पशु चौपायाको क्षति भने भएको छैन ।

क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली फिल्डमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए ।

‘जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षा टोली वडा–वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको अवलोकन गर्ने काम सुरु गरिसकिएको छ,’ उनले भने । माटोले बनेका परम्परागत ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरहरू पनि भत्किने जोखिम उच्च छ ।

गाउँपालिकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको र यसबारे जिल्ला प्रशासन तथा सङ्घ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको जनाएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय