ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

जनकपुरधाम। गत वर्ष जेनजी पुस्ताले गरेको आन्दोलनका कारण नेपालको राजनीतिक कोर्ष बदलिएको छ । सोही आन्दोलनमार्फत प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन गराएर ताजा जनादेश अनुसार सरकार गठन भएको पनि  करिब साढे पाँच महिना भइसकेको छ ।

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध अविलम्ब खोलिनुपर्ने, सुशासन, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त समाज लगायतका माग राख्दै सडकमा ओर्लिएको मानवसागरले देशको शासनसत्तामात्र ढालेन, पुराना राजनीतिक दलहरूलाई इतिहासकै कमजोर अवस्थामा सीमित तुल्याएको छ ।जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशमा समेत भौतिक पूर्वाधार र सरकारी सम्पत्तिमा ठुलो क्षति भयो । आन्दोलन भएको एक वर्ष पूरा भइसक्दा पनि यहाँका धेरैजसो प्रशासनिक संरचनाको पुनर्निर्माण अधुरै छ भने अधिकांश कार्यालयहरू कामचलाउ रूपमा मात्र सञ्चालन भइरहेका छन् ।

आन्दोलनबाट भएको भौतिक क्षति

मधेस प्रदेशको राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा मधेस प्रदेशमा सरकारी संरचना र सवारीसाधनमा गरी करिब ४ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आन्दोलनको क्रममा प्रदेशभरिका २९७ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो ।

प्रदेश सरकार अन्तर्गतका कार्यालयमा मात्रै करिब ५७ करोड ३५ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । प्रहरीतर्फ पनि ठुलो क्षति भएको थियो । एक वर्ष बितिसक्दा पनि यी सबै संरचना पुरानै अवस्थामा फर्काउन सकिएको छैन भने कतिपय कार्यालय सामान्य मर्मतपछि सञ्चालनमा आए पनि पूर्ण पुनर्निर्माण भने बाँकी नै छ ।

आन्दोलनको क्रममा मधेस प्रदेश सभा भवन र सचिवालयमा पनि क्षति पुगेको थियो । प्रदर्शनकारीले प्रदेश सभाको बैठक कक्ष, विभिन्न समितिका कार्यालय, फर्निचर तथा विद्युतीय उपकरणमा क्षति पुगेको थियो । त्यस्तै स्थानीय तह अन्तर्गतका भौतिक संरचनामामा समेत क्षति भएको थियो । त्यसमा पनि सबैभन्दा बढी क्षति वीरगन्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले व्यहोर्नुपरेको थियो । यी स्थानीय तहका भौतिक संरचना आंशिक रूपमा पुनर्निर्माण गरी काम चलाउँदै आएको छ ।

पछिल्लो एक वर्षलाई कसरी मूल्याङ्कन गर्दैछन् मधेसी युवा पुस्ता ?

जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। यो अवधिमा सन्तोष गर्न लायक केही काम भएको मधेसका युवा बताउँछन्। भ्रष्टाचार, घुसखोरी कम भएको तथा सरकारी सेवा प्रवाह विगतमा भन्दा प्रभावकारी भएको उनीहरूको भनाइ छ ।

जनकपुरका युवा अशोक साहले भने, ‘यो एक वर्षलाई सकारात्मक नै लिनुपर्छ । पहिलाभन्दा अहिले सरकारी संयन्त्र र कार्यशैलीमा फरक देखिन्छ । त्यही भएर सन्तुष्ट नै छु।’

वर्षौंसम्मको कुशासन र बेथितिले बिग्रिएका संरचना क्षणभरमै सच्याउन नसकिने भन्दै साहले बालेन शाहको नेतृत्वमा सरकार गठन भएको ६ महिनासमेत नपुगे पनि सुधारका महत्त्वपूर्ण प्रयास भएको बताए । ‘वर्षौंदेखि बिग्रिएका कुरालाई क्षणभरमै परिवर्तन गर्न सकिँदैन। यो सरकार आएको ६ महिना पनि भएको छैन, तर सकारात्मक कार्यहरू देखिएका छन्,’ उनले भने ।

स्थानीय गुञ्जन यादवले थोरै भए पनि अहिले परिवर्तनको अनुभूति गर्न सकेको बताइन् । उनले भनिन्, ‘सुशासन, जवाफदेहिता र पारदर्शिताको माग लिएर हामी आन्दोलनमा गएका थियौँ । त्यो माग पूरा गर्ने जिम्मेवारीबाट अहिलेको सरकार विमुख भएको छैन, तर अपेक्षाकृत काम भने कम भएको छ ।’

रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा अध्ययनरत सचिन पराजुलीले जेनजी आन्दोलन किन भयो, त्यसको औचित्य के थियो, त्यतिबेलाका सरकारले नबुझ्दा र युवाका कुराहरूलाई संवेदनशील रूपमा नलिएकै कारण अहिले उनीहरू पाखा लागेको बताए । उनले भने, ‘मूलतः जेनजी पुस्ताले सुशासन कायम गर्न, भ्रष्टाचार निर्मुल गर्न र सरकारी डेलिभरी यथोचित तवरले कायम होस् भनेर आन्दोलन गरेका थियौँ, तर राज्य पक्षले कहिल्यै पनि युवाहरूको कुरा संवेदनशील तवरले नलिँदा र युवाहरू पनि लोकतन्त्रका मानक हुन् है भन्ने नबुझ्दा तत्कालीन राज्यसत्ता केही घण्टामै ढल्न पुगेको हो ।’

देशमा समस्याको चाङ रहेको जिकिर गर्दै उनले सबै समस्या शीघ्र समाधान भइहाल्छन् भन्ने अपेक्षा युवा पुस्ताले नगरेको प्रस्ट पारे। ‘यत्तिका समस्या छन्,’ उनले भने, ‘सबै एकसाथ समाधान भइहाल्छ, आज नै समाधान हुन्छ वा भोलि नै हुन्छ भन्ने होइन ।’ सरकारले सुधारका प्रयास जारी राखेको र केही परिणाम पनि देखिएको उनको भनाइ छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय