क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए ।उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ । “शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगन्जसम्म जानु परिरहेको छ,” उनले भने, “बिरामी शय्याका लागि कुर्नुपर्ने अवस्था छ ।”प्रादेशिक अस्पताललाई हालसम्म ५० शय्याको मात्रै स्वीकृति प्राप्त छ । यद्यपि, अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, सङ्घीय सशर्त कार्यक्रम र साबिकको कोभिड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोतसाधनबाट हाल १४१ शय्या सञ्चालन गरिरहेको छ ।

बिरामीको चाप भने अत्यधिक छ । सामान्य दिनमा पनि दैनिक ५०० भन्दा बढी र सरकारी बिदा पछिका दिनमा ओपिडीमा आउने बिरामीको सङ्ख्या ७०० सम्म पुग्ने गरेको डा होदाले बताए ।

विशेषगरी बाल वार्ड, मेडिसिन वार्ड, र प्रसूति वार्डमा शय्याको अभाव छ । बाल वार्डमा ११ वटा शय्या रहेकामा चाप बढेपछि १३ वटा पुर्‍याइएको छ । शय्या उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौँ फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डा होदाले बताउनुभयो ।

अस्पतालमा विशेषज्ञ डाक्टरबाट सहज एवं सुलभ सेवा पाउन थालेपछि अस्पतालप्रति नागरिकको विश्वास बढेको छ । सोही कारण बिरामीको चाप अत्यधिक वृद्धि भइरहेको उनले बताए । बेडको अभावमा उपचारमा समस्या हुने गरेको छ । अस्पताल विकास समितिले यसलाई सरकारीस्तरबाटै ओएनएम सर्भे गराई स्थायी दरबन्दी सिर्जना गरेर कम्तीमा २०० शय्यामा स्तरोन्नति गर्नुपर्ने माग राख्दै आएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...

भारी वर्षापछि बैंककका सबै जिल्लामा विपद् घोषणा

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा...

कालीगण्डकीमा बढ्दो बहाव, मोदीवेणीमा चेतावनी तह पार

बागलुङ । निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव...

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् ।...

दर्ता प्रमाणपत्र भाडामा दिएर फार्मेसी चलाउने प्रवृत्ति बढ्दो

काठमाडौँ । नेपाल फार्मेसी परिषद्को पछिल्लो तथ्याङ्क अनुसार हाल देशभर फर्मासिस्टको सङ्ख्या आठ हजार ५६३...
लोकप्रिय