क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल नवलपरासीले लुम्बिनी प्रदेशका चार जना सांसदको पक्षमा उभिँदै उनीहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।

जसपा नेपाल नवलपरासीका जिल्ला अध्यक्ष मुकुरजी गिरीको अध्यक्षतामा बसेको बैठकले चार सांसदलाई गरिएको कारबाहीले लुम्बिनी प्रदेशमा पार्टी संगठन कमजोर हुने निष्कर्ष निकाल्दै उनीहरूको पार्टी पद तत्काल बहाल गर्न माग गरेको हो ।बैठकले चार सांसदलाई गरिएको कारबाही लुम्बिनी प्रदेशमा पार्टी संगठनका लागि ‘कुठाराघात’ भएको ठहर गर्दै पार्टीका केन्द्रीय संरक्षक महन्थ ठाकुरसमक्ष कारबाही फिर्ताका लागि अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको जनाएको छ । अध्यक्ष गिरी तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रतिनिधित्व गरेका नेता हुन् ।

बैठकमा नवलपरासी पश्चिमबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट समायोजन भएका नेताहरूलाई जसपा नेपालको केन्द्रीय कार्यसमितिमा थप समावेश गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।जिल्लाबाट एक जना सहमहामन्त्री, एक जना केन्द्रीय कार्यकारिणी समिति सदस्य र तीन जना केन्द्रीय सदस्य गरी कम्तीमा पाँच जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न माग गर्ने निर्णय बैठकले गरेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय