ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

बुटवल । भारतका विभिन्न स्थानबाट उद्धार गरी भैरहवा ल्याइएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई आज आफन्तको जिम्मा लगाइएको छ ।

बाँकी पाँच जनालाई पनि अभिभावकको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ ।भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएका उनीहरूलाई रुपन्देहीको भैरहवा ल्याएर प्रशासनको रोहवरमा आफन्तको जिम्मा लगाइएको ‘किन इन्डिया’का निर्देशक नवीन जोशीले रातोपाटीलाई बताए उनका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन् । ‘अहिले साँझ ५ बजेसम्म १० जनालाई घरपरिवारको जिम्मा लगाइसकेका छौँ । अझै पाँच जना बाँकी छन्,’ जोशीले भने ।

बाँकी पाँचमध्ये दुई बालिका र तीन जना बालक छन् । अछामका दुई जनालाई ‘किन इन्डिया’ले भारतबाट नेपाल फर्कंदा उनीहरूको घरमै पुर्‍याएर आफन्तको जिम्मा लगाउने तयारी गरेको छ । एक जना पाल्पाका तथा दुई जना मधेस प्रदेशका भएकाले उनीहरूका अभिभावक भैरहवा आउँदै गरेको जोशीले जानकारी दिए ।

उद्धार गरिएकामध्ये केही बालकलाई मदरसामा पढाउने भन्दै अवैध रूपमा भारत लगिएको पाइएको छ । उनीहरू जोखिमपूर्ण तथा नियमविपरीत अवस्थामा रहेको जानकारी पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा सम्बन्धित मदरसामा छापा मारेर उनीहरूको उद्धार गरिएको जोशीले बताए । 

भारतका विभिन्न स्थानबाट उद्धार गरेपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो । आवश्यक प्रक्रिया पूरा गरेपछि सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउन लागिएको जोशीले रातोपाटीलाई बताए । 

बालबालिकालाई नेपाल ल्याउने क्रममा ‘किन इन्डिया’का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल पनि सहभागी थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय