ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति विश्वकै लागि चिन्ताको विषय भएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक विपत्तिप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै अब नेपालले जलवायु न्याय पाउनुपर्ने  बताए ।देउवाले भने, ‘अहिलेको समयमा जलवायु परिवर्तनको असरबाट नेपाल आक्रान्त छ। यसको असरले नेपालमा मात्र होइन, विश्वभर नै विपत्तिको शृङ्खला निम्त्याइरहेको छ। तर, नेपालजस्ता मुलुकहरूले यसको मार बढी भोग्नुपरेको छ।’  जलवायु परिवर्तनको मुद्दा कुनै एक देशको मात्र नभई विश्वव्यापी मुद्दा भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय स्तरबाटै ठोस पहल हुनुपर्ने उनको भनाइ छ।

देउवाले भने–  ‘नेपालले जलवायु सङ्कटको मार भोग्नुपर्दा यहाँका धेरै मानिसले ज्यान गुमाएका छन्, भौतिक संरचना नष्ट भएका छन्। यसका लागि विश्व समुदायले नेपाललाई न्याय दिनुपर्छ।’

उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न पनि सम्बन्धित राष्ट्रहरूलाई आग्रह गरे । विपद्को यो कठिन समयमा दलगत स्वार्थभन्दा माथि उठेर पीडितको उद्धार र राहतमा लाग्न उनले सबैलाई आह्वान गरे ।

‘यस्तो विपत्तिको घडीमा हामी सबै एकजुट हुनुपर्छ। सरकार र सबै राजनीतिक दलहरूले मिलेर काम गरे मात्र पीडित नागरिकले राहत पाउन सक्छन् र भविष्यमा यस्ता विपत्ति आउन नदिन बलियो संरचना निर्माण गर्न सकिन्छ,’ देउवाले भने ।

देउवाले विपद् व्यवस्थापनमा सरकारको भूमिका अझै सशक्त हुनुपर्ने र स्थानीय तहदेखि नै पूर्व तयारीका कार्यहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

‘जलवायु परिवर्तनको असर कम गर्न र प्राकृतिक विपत्तिबाट नागरिकको सुरक्षा गर्न नेपालले आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछ, तर विश्व समुदायको साथ र सहयोग अनिवार्य छ,’ उनले भने ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय