ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुख नजिकसम्म सडक पुर्‍याइएको छ ।

रसुवाको स्याफ्रबेँशी हुँदै चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान नेपाली सेनाले पहुँच सडक निर्माण गरेको हो । सुरुङको मुखबाट करिब ३० मिटर नजिकसम्म पहुँचमार्ग बनाइएको छ । सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले भने, ‘पहुँचमार्ग टनेल नजिकैसम्म पुगेको छ ।’सेनाले प्रयोग गर्दै आएको एमआई–१७ हेलिकप्टरबाट ठुला उपकरण लगेर चिलिमेको सुरुङको मुखमा ल्याण्ड गरेर त्यहाँ फसेकाहरूको खोजी गर्न असम्भव भएसँगै सेनाले सडक बनाएर ठुलो उपकरण लैजान लागेको हो ।२२ मेगावाटको चिलिमे जलविद्युत आयोजना क्षेत्रमा रहेका सांसद सागर ढकालका अनुसार पहुँच सडक बनाउन एउटा एक्स्काभेटर प्रयोग गरिएको छ । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘दुई वटा एक्स्काभेटर ब्याकअप राखिएको छ ।’

चिलिमेको टनेलभित्र ८ जना मानिस फसेका छन् । खोज तथा उद्धारका लागी नेपाली सेना र भारतीय टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् ।हेभि उपकरण लैजान नसकेपनि उद्धारकर्मीहरू टनेलको ११५ मिटर भित्र पुगेर डेब्रिज हटाउने काम गरिरहेका छन् । सुरुङ भित्र उकालो र ओरोलो ‘बेन्ड’ क्षेत्रमा उद्धारकर्मीहरू पुगेका हुन् । त्यहाँ विस्फोट गर्न नमिल्ने भएपछि ठुला उपकरण लैजान खोजिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

उद्धारकर्मीहरुले ६ मिटरका ठुला पाइप प्रयोग गरेर हिँड्न मिल्ने बाटो तयार गरेका छन् । विस्फोट गरेर ठुला ढुङ्गा फुटाउनुपर्ने भएपछि पहुँचमार्ग बनाउन समय लागेको बताइएको छ ।

सांसद ढकालका अनुसार पुल्चोक क्याम्पसबाट लेदो तान्ने मेशिन चिलिमेमा लगिएको छ। पूर्वउर्जामन्त्री कुलमान घिसिङले पनि चिलिमे जलविद्युत आयोजना स्थलमा पुगेर सहजीकरण गरेका छन् । चिलिमेबाट जीवित उद्धारको प्रयास भइरहेको सांसद सागर ढकालले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय