क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघ सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।सांसद सुवेदीले प्राकृतिक विपद्बाट बच्नका लागि जोखिमयुक्त बस्तीको जोखिम नक्सांकन गर्नुपर्ने र जमिनहरू कति बस्न लायक छन् यकिन गरेर नीति बनाउनुपर्नेमा जोड दिए ।

यसक्रममा दाङलाई संघ सरकारको प्रशासनिक राजधानी बनाउने प्रस्ताव राखेका हुन् ।

‘एउटा मेरो प्रस्ताव पनि छ । यो काठमाडौं राजधानी अहिले छ । विपद्को हिसाबले हेरौं वा अन्य जनघनत्वको हिसाबले हेरौं,’ सांसद सुवेदीले भने, ‘यसलाई पनि अब पुनर्विचार गर्ने हो कि !’

उनले अगाडि थपे, ‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’वीरगञ्जलाई औद्योगिक राजधानीको रूपमा हेर्न सकिने पनि उनले बताए ।

सुवेदी दाङ–३ बाट निर्वाचिन प्रतिनिधिसभा सदस्य हुन् ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय