क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपालको साथमा रहेको बताइन् ।बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको बताउँदै उनले नेपालको यस पिडामा हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताएकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरेका छन् ।

खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा कार्यवाहक राजदूत बोल्डिनले हराइरहेका अमेरिकीहरूका साथै यस दुःखद घटनाका अन्य पीडितहरूको खोजी गर्ने असाधारण प्रयासहरूका लागि नेपाल सरकारप्रति आभार पनि प्रकट गरेकी अमेरिकी दूतावासले जनाएको छ ।

उद्धार तथा राहतका लागि अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको उल्लेख गर्दै दूतावासले आफूहरूको प्राथमिकता अमेरिकी नागरिकहरूको सुरक्षा रहेको बताएको छ । नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायहरूमा भइरहेको विपत् प्रतिकार्यमा अमेरिकी सहायताले टेवा पुर्‍याइरहेको बताएको छ ।

अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड रुपैयाँ) भन्दा बढीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ । जसमा खाद्यान्न तथा आपत्कालीन राहत, बन्दोबस्त सामग्री तथा उपकरण, विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्री रहेको अमेरिकी दूतावासले जनाएको छ।

साथै पीडितहरूको पहिचान गर्न र परिवारहरूलाई जानकारी गराउन नेपाल प्रहरीसँगै रही कार्यरत एफबीआईका फरेन्सिक विशेषज्ञहरूले काम गरिरहेको जनाएको छ । नेपालले क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको आकलन गर्दै गर्दा अमेरिकाले नेपालसँग निकट भएर काम गरिरहने दूतावासले जनाएको छ। 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय