ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

धनुषा । ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा ‘सङ्घर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष’ भन्ने नाराका साथ बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।जनकपुर उद्योग वाणिज्य सङ्घको हलमा आयोजित कार्यक्रममा मधेस प्रदेशका पाँच जिल्लाबाट महिला तथा पुरुष कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ।

मोर्चाको मधेस प्रदेशस्तरीय बैठकले सङ्गठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरेअनुसार जनकपुरमा कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता सहभागी छन्। कार्यक्रममा उपेन्द्र यादव, डा.सीके राउत, प्रभु साह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेन्डा लैजाने पूर्वघोषित रणनीति अनुरूप मधेस प्रदेशमा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। जनकपुरको यस भेलालाई मोर्चाले मधेस प्रदेशमा सङ्गठन विस्तार, कार्यकर्ता परिचालन र घोषित राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने अभियानको महत्त्वपूर्ण चरणका रूपमा अघि बढाएको छ।

पाँच जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी साङ्गठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ। अहिले मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल आबद्ध रहेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय