ललितपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले रसुवा बाढीको सन्दर्भमा यस्तो धारणमा राखेका हुन् ।सुरुवातमै पूर्वतयारी र व्यवस्थापन गरेको भए र समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उनको भनाइ थियो । उनले देशमा आइपरेको ठुलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने बताए । त्यस्तै घिसिङले जेनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेसिने दर झन् दोब्बर भएको टिप्पणी गरे ।
साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उनले बताए । उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमिसी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पारे ।
आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट बृहत् भेला तथा गाउँ–गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उनले बताए ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।