काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा अलपत्र परेका नेपाली श्रमिक सुनिल लुंगेली मगरको सकुशल उद्धार भएको छ । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीको नेतृत्वमा सुनिलको उद्धार गरिएको हो ।
विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत उद्धार गर्न अपिल गरेलगत्तै ठकुरीको नेतृत्वमा सुनिलको उद्धार गरिएको हो । मन्त्री पुनले उनको उद्धार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।उद्धारपछिको भिडियो समेत राख्दै पुनले आफूलाई कूटनीतिक प्रक्रियाबारे उपदेश दिने आलोचकहरूमाथि व्यङ्ग्य पनि गरेका छन् ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।