ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । सरकारले असोजको पहिलो साता राजदूत नियुक्त गर्ने भएको छ । २०८३ जेठ १४ गते मागिएको आवेदनका आधारमा १३ देशमा राजदूत नियुक्त गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका एक सहसचिवले भने, ‘प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि नै राजदूतको टुङ्गो लाग्छ, सोही गतिमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।’ मन्त्रालयले नाम टुङ्गो लगाएर प्रधानमन्त्रीलाई सिफारिस गर्नेछ ।लामो समयदेखि दूतावासहरू खाली रहँदा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश गइरहेको छैन । प्रधानमन्त्री आफैँ पहिलोपटक मुलुकबाहिर जान लागेका छन् । यस्तो अवस्थामा समेत राजदूत नियुक्त नहुँदा राम्रो सन्देश नजाने भएकाले उनी अमेरिका जानुअघि नै राजदूत नियुक्त गर्ने गरी काम अगाडि बढाइएको हो ।हाल अमेरिका, चीन, भारत, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, बेलायत, कतार, रुस, साउदी अरेबिया, श्रीलङ्का र स्पेनमा नेपाली राजदूत छैनन् । त्यस्तै, इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र राष्ट्रसङ्घीय नियोग भियनामा रहेका नेपाली राजदूतको समेत कार्यकाल सकिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि त्यहाँका राजदूतहरूको म्याद थपिएको छ ।

अहिले १३ वटै दूतावासमा राजदूत नियुक्त गर्ने गरी तयारी भइरहेको छ । सबै ठाउँमा एकैपटक गर्न नसकिए पनि महत्त्वपूर्ण देशहरूमा नियुक्त गर्ने मन्त्रालयको तयारी छ । अमेरिका, चीन, भारत, जापान, मलेसिया, साउदी अरेबिया, रुसलगायत देशमा चाँडै राजदूत पठाउने तयारी छ । एकैपटक हुन नसके दुई वा तीन चरणमा राजदूत नियुक्त गरिनेछ । यद्यपि, प्रधानमन्त्री बालेन अमेरिका जानुअघि नै यसको सुरुवात भइसक्ने परराष्ट्र मन्त्रालयको दाबी छ ।

मन्त्रालयले २०८३ जेठ १४ गते १३ देशका राजदूतका लागि आवेदन मागेको थियो, जसमा चार हजार सात सय जनाले आवेदन दिएका थिए । मन्त्रालयले त्यसलाई छोट्याएर (सर्टलिस्ट गरी) दुई हजार सात सयमा झारेको थियो । ती २ हजार ७ सय जनाको नाम अनौपचारिक छलफलका लागि प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पठाइएको थियो । स्रोतका अनुसार, ‘उहाँहरूले त्यसको अध्ययन गरी अन्तिम सूची तयार गर्न परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउनुभएको छ ।’ अहिले यसै विषयमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले राजदूत नियुक्तिको विषयमा मन्त्रालयले काम गरिरहेको र चाँडै टुङ्गो लगाइने बताए । उनले रातोपाटीसँग भने, ‘राजदूत नियुक्ति प्रक्रियामा रहेको छ, यस विषयलाई छिट्टै टुङ्ग्याउने गरी गृहकार्य भइरहेको छ ।’

विभिन्न देशमा नेपालका ३१ वटा दूतावास, ३ वटा स्थायी नियोग र १० वटा महावाणिज्य दूतावास गरी ४४ वटा नियोग छन् । यसै आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कमा रहेका दूतावास बन्द गर्ने सरकारको निर्णयपछि अब २८ वटा दूतावास मात्र बाँकी छन् । १३ वटा दूतावास अझै कार्यवाहकको भरमा चलिरहेका छन् भने सातवटा दूतावासमा मात्र परराष्ट्र सेवाका कर्मचारी (कूटनीतिज्ञ) तर्फबाट राजदूत छन् ।

यी दूतावासहरू हाल परराष्ट्र मन्त्रालयका कर्मचारीले नै धानिरहेका छन् । मन्त्रालयले १३ वटा दूतावासमा खुला एवं राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरूलाई सिफारिस गर्नेछ भने बाँकीमा परराष्ट्र सेवाका राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीका (सहसचिव वा सचिव) कर्मचारी नियुक्त गर्नेछ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा ५० प्रतिशत परराष्ट्र सेवाका कर्मचारी र ५० प्रतिशत प्रबुद्ध व्यक्तिहरूबाट राजदूत नियुक्त गरिने व्यवस्था छ ।

प्राप्त आवेदनका आधारमा को व्यक्ति कुन देशका लागि योग्य हुन्छ भनी चयन गरेर मात्र सिफारिस गरिने मन्त्रालयले जनाएको छ । देश तोकेर आवेदन नमागिए पनि अधिकांश आवेदकले आफू इच्छुक रहेको देश तोकेका छन् । परराष्ट्रका एक अधिकारीले भने, ‘देश तोक्नु ठीक हो, तर तोकेकै आधारमा त्यही देश पठाइँदैन । उम्मेदवारको क्षमता र योग्यताका आधारमा सिफारिस गरिनेछ ।’

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय