ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘TVS Golden Key’ सार्वजनिक गरेको छ। 

दसैँलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नेछन्।यस योजनाअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, Gold Key वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार पाउनेछन्। यसका साथै विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर प्राप्त गर्नेछन्। नयाँ सवारीसाधन खरिदलाई सहज बनाउन कम्पनीले नियमानुसार सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ।

योजना शुभारम्भका अवसरमा जगदम्बा मोटर्स प्रा.लि. का उपाध्यक्ष दीपक रौनियारले भने, ‘दसैँ उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व हो। टीभीएसमा हामी सधैँ आफ्ना ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौँ।’ उनले थपे, ‘TVS Golden Key मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।’

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हाम्रा ग्राहकहरू सधैँ हाम्रो सम्पूर्ण कार्यको केन्द्रमा रहँदै आउनुभएको छ। TVS Golden Key योजना उहाँहरूलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो।’ उनले अगाडि भने, ‘सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउनेछ।’

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय