क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको नुवाकोटमा आएको विनाशकारी बाढी–पहिरोका कारण देशमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो पटक आएको बाढीले हजारौँ नागरिकको जनधनको क्षति पुर्‍याएको र दशौँ हजार नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गरे।

उनले सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै भने, ‘बाढी–पहिरोको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई पीडितहरूको उद्धार र राहत कार्यमा जुट्नुपर्ने हो। तर, सरकारको मौनताले पीडितहरूको घाउमा नुन चुक छर्कने काम गरेको छ।’सांसद केसीले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा रोग व्याधिको खतरा बढेको र उद्धार कार्य प्रभावकारी नभएको जिकिर गरे। उनले सङ्कटको घडीमा नाफा कमाउने गिरोहले दैनिक उपभोग्य वस्तुको मूल्य आकाश पुर्‍याएको बताउँदै कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे।

उनले भने, ‘अहिले चामल, तेल, चिनी, मासु लगायतका खाद्य पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको छ। अण्डा र सागसब्जी जस्ता अत्यावश्यक वस्तु सर्वसाधारणको पहुँच बाहिर पुगेको छ।’

सांसद केसीले विपत्तिको समयमा नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको बताउँदै, यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले भने,‘यस्तो अवस्थामा सरकार मौन रहनु कुनै पनि हालतमा स्वीकार्य छैन।

उनले नुवाकोट, बेत्रावतीदेखि गल्छीसम्म तत्काल बेलिब्रिज निर्माण गर्न र प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। उनले सरकारलाई अविलम्ब सर्वदलीय समिति गठन गरी विपत्तिको सामना गर्न विशेष कदम चाल्न समेत सुझाव दिए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय