ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार र घाइतेहरूको न्यायको मागलाई सरकारले बेवास्ता गरेको भन्दै कडा आलोचना गरेकी छिन्। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र घाइतेहरू आज पनि न्यायको ढोका ढकढकाउन बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताइन्।सांसद खतिवडाले प्रश्न गरिन्, ‘परिवर्तनको कुरा गर्ने प्रधानमन्त्रीले सहिदको रगतमा बनेको सत्ताको कुर्सीमा बस्नुभएको छ। तर, ती सहिदका परिवारको पीडा सुन्ने फुर्सद यो सरकारलाई किन छैन ?’ उनले सहिद परिवारको प्रश्न सरल भएको र उनीहरूले न्याय कहिले पाउँछन् भन्ने जवाफ सरकारसँग माग गरिन्।उनले जेलमा रहेका जेनजी थुनुवाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरिन्। ‘ढिला नगरी उनीहरूलाई तत्काल रिहा गरियोस्, नतिजा दिनुहोस्,’ उनले भनिन्।

उनले सहिद दिवसलाई केवल औपचारिकतामा सीमित नगर्न सरकारलाई चेतावनी दिइन्। ‘हरेक वर्ष भदौ २३ गतेलाई आँसु झार्ने र फुलमाला चढाउने दिन मात्र नबनाइयोस्। सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दा उनीहरूप्रतिको जिम्मेवारी पनि पुरा गरियोस्,’ उनले थपिन्।

सरकारको कार्यशैलीको आलोचना गर्दै उनले पीडितका मागप्रति संवेदनशील हुन र सहिद परिवारको पीडालाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरिन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय