ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भोटेकोशी बाढी प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ३ करोड १६ लाख रूपैयाँभन्दा बढी रकम संकलन गरेको जनाएको छ। पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको एनआरएनएले जनाएको हो।

पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तथा विदेशमा रहेका नेपालीहरूको व्यक्तिगत तर्फबाट हालसम्म आठ करोड ४९ लाख ३२ हजार चार सय दुई रूपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको समेत उल्लेख गरेको छ।

जुन प्रतिबद्धता मध्ये हालसम्म ३ करोड १६ लाख ८३ हजार ७१९ रूपैयाँ संकलन भइसकेको जनाएको हो। बाँकी प्रतिबद्धता रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी रहेको एनआरएनएको भनाइ छ। 

एनआरएनएका अनुसार पहिलो चरणमा एनसिसी साउदी अरेबिया,बहराइन र म्यानमार र नर्वेले फन्डरेजिङ अभियान सम्पन्न गरेका छन्।बहराइन (२५ लाख ७९ हजार ३२८ रूपैयाँ),ओमान(१३ लाख १५ हजार रूपैयाँ),नर्वे (१७ लाख ८९ हजार ८४२ रूपैयाँ),साउदी अरेबिया (१० लाख रूपैयाँ) र म्यानमारबाट (६ लाख १ हजार रूपैयाँ) प्राप्त भएको छ।

बाँकी एनसिसीहरूबाट प्रतिबद्धता गरिएको रकम संकलन तथा जम्मा  गर्ने प्रक्रिया जारी छ।संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरू मार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय