क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

पछिल्लो वर्ष संघीय विभाज्य कोषमा उठाएको राजस्वमध्ये  प्रदेश र स्थानीय तहमा १ खर्ब ४२ अर्ब २४ करोड ५० लाख रूपैयाँ राजस्व बाँडफाँट भएको छ।विशेषतः मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनको अन्तशुल्कबाट उक्त रकम बाँडफाँट गरिएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आठौँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संघीय विभाज्य कोषमा ४ खर्ब ७४ अर्ब १५ करोड १ लाख रूपैयाँ जम्मा भएको थियो।

त्यसको १५ प्रतिशतका दरले प्रदेश र स्थानीय तहले ७१ अर्ब १२ करोड २५ लाख रूपैयाँ पाएका हुन्।प्रदेश र स्थानीय तहले पाएको रकम जोड्दा १ खर्ब ४२ अर्ब २४ करोड ५० लाख रूपैयाँ हुन्छ।

रोयल्टीमा ७ अर्ब ३३ करोड

प्राकृतिक स्रोतबाट ७ अर्ब ३३ करोड ३५ लाख ७९ हजार ८ सय ८६ रूपैयाँ रोयल्टी संकलन भएको थियो।प्राकृतिक स्रोतबाट उठेको रोयल्टीमध्ये ५० प्रतिशत संघले पाउॅंछ। सम्बन्धित प्रदेशले २५ प्रतिशत पाउँछ।सम्बन्धित स्थानीय तहले पनि २५ प्रतिशत पाउँछ।

आयोगको प्रतिवेदनअनुसार सबैभन्दा धेरै रोयल्टी विद्युतबाट उठेको जानकारी गराएको छ। कुल रोयल्टीमा विद्युतको हिस्सा ५३.६९ प्रतिशत थियो।वनको हिस्सा २२.३२ प्रतिशत छ। पर्वतारोहणको हिस्सा १३.६२ प्रतिशत छ। खानी तथा खनिजको हिस्सा १०.३७ प्रतिशत छ।

रोयल्टी प्राप्त गर्ने प्रदेशमा बागमती अगाडि छ।बागमतीले कुल ५७ करोड २६ लाख ५९ हजार रूपैयाँ रोयल्टी पाएको छ। मधेशले सबैभन्दा कम २ करोड ४९ लाख ९२ हजार रूपैयाँ पाएको छ।पर्वतारोहणबाट कोशीले सबैभन्दा धेरै ८२.०२ प्रतिशत रोयल्टी पाएको छ। विद्युतबाट बागमतीले ४१.१६ प्रतिशत रोयल्टी पाएको छ।

वनबाट कोशीले २५.६६ प्रतिशत पाएको आयोगले जनाएको छ। खानी तथा खनिजबाट लुम्बिनीले ६३.९४ प्रतिशत पाएको थियो।मधेशले पर्वतारोहण, विद्युत र खानी तथा खनिजबाट रोयल्टी पाएको छैन। पर्वतारोहणबाट ११३ स्थानीय तहले रोयल्टी पाएका छन्।विद्युतबाट १५३ स्थानीय तहले पाएका छन्। वनबाट ७४२ स्थानीय तहले रोयल्टी पाएका छन्।

खानी तथा खनिजबाट ५० स्थानीय तहले रोयल्टी पाएका छन्। दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सीबाट प्राप्त रोयल्टी भने संघीय विभाज्य कोषमा जम्मा भएको छैन।समानीकरण अनुदान पनि घट्यो
आर्थिक वर्ष २०८२/८३ मा संघबाट प्रदेशलाई ६० अर्ब ६६ करोड रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको थियो।

स्थानीय तहका लागि ८८ अर्ब ९६ करोड ८० लाख रूपैयाँ सिफारिस भएको थियो। तर प्रदेशले सिफारिस रकमको ९१.४४ प्रतिशत मात्र पाएका छन्।स्थानीय तहले ९१.४९ प्रतिशत मात्र पाएको आयोगले जानकारी गराएको छ। आयोगले पूर्ण रकम हस्तान्तरण नहुँदा तल्ला सरकारको बजेट कार्यान्वयन प्रभावित भएको उल्लेख गरेको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि भने प्रदेशलाई ६१ अर्ब ५० करोड ३२ लाख र स्थानीय तहलाई ९० अर्ब २० करोड ४६ लाख रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

 

सिफारिस

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय