ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

जुम्ला । चालु आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले जुम्लाका लागि पुँजीगततर्फ तीन अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ तीन अर्ब नौ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ।जिल्लामा सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाका लागि आएको छ।

सडक डिभिजनका लागि चालु आवमा पुँजीगत बजेट एक अर्ब ८० करोड रुपैयाँ प्राप्त भएको छ। त्यसैगरी सघन सहरी तथा भवन आयोजनाका लागि एक अर्ब ३९ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको प्रमुख कोष नियन्त्रक घर्तिमगरले बताएका छन्।सडक डिभिजनमा आएको पुँजीगत बजेट कर्णाली राजमार्गलाई थप स्तरोन्नति गर्नेदेखि सडक निर्माणका काममा खर्च गरिनेछ। हाल ठेक्का आह्वानको काम धमाधम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताएका छन्। सघन सहरी तथा भवन आयोजनाले जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लाहरूमा भौतिक संरचना निर्माणमा बजेट खर्च हुने जनाएको छ।

  • गत वर्ष ५१ प्रतिशत मात्र पुँजीगत खर्च

सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको जुम्लाको कुल विकास बजेटमध्ये ५१ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ। पुँजीगततर्फ दुई अर्ब आठ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएकामा एक अर्ब सात करोड ७० लाख रुपैयाँ अर्थात् ५१ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको थियो।

गत आवमा पुँजीगततर्फ करिब एक अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता गएको छ। सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको बजेट ‘फ्रिज’ भएको प्रमुख कोष नियन्त्रक घर्तिमगरको भनाइ छ।

सडक डिभिजन कार्यालयका लागि विनियोजित पुँजीगत बजेटतर्फ ७९ करोड २५ लाख रुपैयाँमध्ये ३३ करोड ८८ लाख रुपैयाँ अर्थात् ४२ दशमलव ६३ प्रतिशत मात्र खर्च भएको थियो। उक्त कार्यालयको कुल विनियोजित बजेटको झन्डै ४५ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता गएको छ। यद्यपि उक्त कार्यालयले सडक बोर्डबाट प्राप्त पुँजीगत बजेट ४३ करोड ५० लाख रुपैयाँमध्ये ३९ करोड १० लाख रुपैयाँ अर्थात् ८९ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको थियो।

यसैगरी सघन सहरी तथा भवन आयोजनाको पुँजीगततर्फ विनियोजित बजेट ८४ करोड ८४ लाख रुपैयाँमध्ये ४१ करोड १२ लाख रुपैयाँ अर्थात् ४८ दशमलव ४९ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय