क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं । नेपालका लागि जापानी राजदूत माइदा तोरुले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटवार्तामा नेपालमा देखिएको विपद्को अवस्था र त्यसपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गर्नुभयो।

यस्तै, जापानी राजदूत माइदा तोरुले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै जापान सरकारको तर्फबाट संवेदना प्रकट गर्नुभयो। उहाँले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटवार्तामा विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आगामी दिनमा नेपाल र जापानबीच सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको जनाइएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय