ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बजेट वक्तव्यमा शहीद परिवार, घाइते तथा आन्दोलनका क्रममा प्रभावित नागरिकलाई राज्यले उपलब्ध गराउने सुविधा तथा सहुलियतमा विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासले बुधबार अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा सुनुवाइ गर्दै यो आदेश दिएको हो। अदालतले विभिन्न आन्दोलनका सहिद, तिनका परिवार तथा घाइतेहरूबिच भेदभाव हुने गरी उक्त प्रावधान कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

आर्थिक ऐन, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेखित व्यवस्था संविधान विपरीत रहेको दाबी गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो।

रिट निवेदनमा आर्थिक ऐन, २०८३ को दफा ४९(ख) र ५९(ङ) मा उल्लेखित व्यवस्था तथा बजेट वक्तव्यको बुँदा नम्बर ९ मा गरिएको व्यवस्थाले जनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई  सम्बोधन गरेर अन्य ऐतिहासिक जनआन्दोलनका शहीद परिवार र घाइतेलाई विभेद गरेको दाबी गरिएको थियो।

निवेदनमा नेपालको संविधानको प्रस्तावनामा उल्लेखित राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई सम्मान गर्ने विषय उल्लेख भए पनि बजेट वक्तव्यमा केही शहीद, शहीद परिवार तथा घाइते र पीडित नागरिकलाई मात्र सम्बोधन गरिएको भन्दै आपत्ति जनाइएको थियो। 

त्यसैगरी, विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीद, शहीद परिवार तथा घाइते–पीडितप्रति राज्यले समान व्यवहार गर्नुपर्ने माग रिट निवेदनमा गरिएको थियो।

सर्वोच्च अदालतले संविधानको समानताको हक तथा आन्दोलनका शहीद, शहीद परिवार र घाइते–पीडितप्रति राज्यको दायित्वसँग सम्बन्धित विषयलाई ध्यानमा राख्दै विवादित व्यवस्थाको कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

आदेशमा रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म विवादित व्यवस्थाका कारण शहीद परिवार, घाइते तथा पीडित नागरिकलाई पर्ने सम्भावित असरलाई ध्यानमा राख्न भनिएको छ। 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय