ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ। महासङ्घ अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई १ असोज २०८३ देखि लागू हुने गरी नियुक्तिपत्र दिएका हुन्।

तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव महासङ्घसँग जोडिएको बताए। अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको आर्थिक संरचनामा तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाको विश्वासले महासङ्घको संस्थागत छवि थप उचाइमा पुर्‍याउने छ।’

यो नियुक्तिसँगै महासङ्घमा तिवारीको पुनरागमन भएको छ । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासङ्घको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालय नेतृत्व सम्हालेका थिए। बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव सहित उनी महानिर्देशकको जिम्मेवारीमा आएका छन्।

उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)/विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) तथा पछिल्लो समय यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकका रूपमा कार्यकारी तथा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

नेपालगन्ज म्याराथनको उपाधि जुलियस र राज्यलक्ष्मीलाई

१२ मंसिर, नेपालगन्ज – १२औं धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियस मुरुकीले जितेका छन्। आज...

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...
लोकप्रिय