ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट एकेडेमिया इन्ड्रस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई बिहीबार हस्तान्तरण गरेका हुन्।

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

काठमाडौं विश्वविद्यालयले शिक्षा, अनुसन्धान तथा ज्ञान उत्पादनका साथै विपद् र संकटका समयमा मानवीय सहायता तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। यही प्रतिबद्धताअनुसार विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ उपलब्ध गराएको हो।

रकम हस्तान्तरण गर्दै लामाले विपद्का कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले कठिन परिस्थितिमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता रहेको उल्लेख गर्दै मानवीय सहयोगलाई विश्वविद्यालयले आफ्नो सामाजिक दायित्वका रूपमा लिएको बताए।

‘विपद्को यस कठिन घडीमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता छ। राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्‍याउनु हाम्रो सामाजिक दायित्व पनि हो,’ लामाले भने।

विश्वविद्यालयले उपलब्ध गराएको उक्त सहयोगबाट बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

नेपालगन्ज म्याराथनको उपाधि जुलियस र राज्यलक्ष्मीलाई

१२ मंसिर, नेपालगन्ज – १२औं धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियस मुरुकीले जितेका छन्। आज...

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...
लोकप्रिय