ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं भूउपयोग परिषदकी अध्यक्ष सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरभित्रका जग्गाको वास्तविक अवस्था, उपयोग र स्वामित्व सम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली (जीआइएस) मा एकीकृत गर्ने निर्णय गरेको हो ।यस प्रणालीमार्फत भूमि व्यवस्थापन, सहरी योजना, राजस्व संकलन, विपद् व्यवस्थापन र नागरिक सेवा प्रवाहलाई थप तथ्यपरक र प्रभावकारी बनाइने महानगरले जनाएको छ ।
भूउपयोग तथा भूमि व्यवस्थापन सम्बन्धी सम्पूर्ण कामलाई एकीकृत र व्यवस्थित बनाउन महानगरपालिकाले तत्कालका लागि अस्थायी रूपमा ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने निर्णय गरेको छ । यस एकाइले जग्गाको वर्गीकरण, जियोडाटाबेस निर्माण, नक्साङ्कन र प्राविधिक कामको समन्वय गर्नेछ ।भूउपयोग ऐन २०७६ र नियमावली २०७९ को आधारमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–ताल–सिमसार, सार्वजनिक उपयोग, र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्र गरी विभिन्न भागमा वर्गीकरण गरिनेछ ।
महानगरपालिकाले घरधुरी सर्वेक्षण र नक्साङ्कनको काममा उल्लेखनीय प्रगति गरेको छ । हालसम्म सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी २ लाख १० हजार ९७६ वटा भवनको डिजिटल नक्साङ्कन गरिसकेको छ भने तीमध्ये २५ हजार १९ वटा भवनको प्रमाणीकरण समेत भइसकेको छ ।

यस्तै, १२ हजार ८११ वटा सडकको नक्साङ्कन सम्पन्न भएको छ । जसमध्ये २ हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ । साथै, विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको पनि डिजिटल अभिलेख तयार पारिएको छ ।

महानगरपालिकाले गत वैशाख २ गतेदेखि १० वटा वडाबाट सुरु गरेको भूमि व्यवस्थापन (भूसेवा) प्रभावकारी बन्दै गएको छ । भदौ ३० गतेसम्म मात्रै यी वडामा ३५० भन्दा बढी निवेदन परेका छन् । जसमध्ये २८० भन्दा बढी लिखत पारित र ५० भन्दा बढी नामसारी सम्बन्धी काम सम्पन्न भइसकेको छ । वडा नं. १५ बाट मात्रै ६५ वटा कारोबार भएको महानगरले जनाएको छ ।

आगामी दिनमा सबै ३२ वटै वडाबाट भूसेवा सञ्चालन गरी नापी र मालपोत सेवा स्थानीय स्तरबाटै उपलब्ध गराउने महानगरपालिकाको लक्ष्य रहेको छ ।

वर्गीकरणको अन्तिम प्रक्रिया अन्तर्गत नापी विभागबाट प्राप्त तथ्यांकको अध्ययन, सरोकारवालासँग छलफल र मापदण्ड तयार गरी अन्तिम कित्तागत विवरण वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गरिनेछ ।

महानगरपालिकाले आगामी दिनमा ड्रोन र लाइडार प्रविधिको प्रयोग गरी डिजिटल प्रशासन र स्थानमा आधारित योजना निर्माणलाई प्राथमिकता दिने जनाएको छ । जीआइएसको प्रयोगबाट स्मार्ट टोल, सडक सुरक्षा, यातायात व्यवस्थापन र ई–रेजिष्ट्रेसन जस्ता कामलाई अघि बढाउँदै जग्गा र भवनको विवरणलाई एउटै प्रणालीमा जोड्ने महानगरको दीर्घकालीन योजना छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय