ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै तहका सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अधिवेशनबाट कुनै पनि सदस्य वञ्चित हुनु नपर्ने गरी साङ्गठनिक व्यवस्था मिलाइएको जानकारी दिए । प्रवक्ता चालिसेले भने, ‘गत भदौ २८ गतेको बैठकले सदस्यता नवीकरण भएका र अधिवेशन प्रक्रियामा जोडिएका सम्पूर्ण सदस्यहरूलाई सहभागी गराउने निर्णय गरिसकेको छ। सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन।’

उनले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको बताए । बैठकले पार्टीको विधानबमोजिम वडा अधिवेशनदेखि केन्द्रसम्मका सबै तहमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने दिशामा जोड दिएको उनले बताए ।

प्रवक्ता चालिसेले बैठकले पार्टीको समग्र एकता र राष्ट्र निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकाबारे विस्तृत छलफल गरेको जानकारी दिए । ‘१५औँ महाधिवेशनलाई एउटा ‘महोत्सव’का रूपमा सम्पन्न गर्न हामीले कार्यतालिकालाई अझ चुस्त र व्यवस्थित बनाउँदै लगेका छौँ। यसले पार्टीलाई थप एकताबद्ध बनाउने छ,’ उनले भने ।

पार्टीभित्रका केही प्राविधिक र व्यवस्थापकीय प्रश्नहरूलाई हल गर्दै कांग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने रणनीति लिएको छ। प्रवक्ता चालिसेका अनुसार, सबै तहका अधिवेशनहरूलाई निर्धारित मितिमै सम्पन्न गर्नका लागि आवश्यक निर्देशन दिइसकिएको छ।

बैठकमा उपस्थित भएका नेताहरूले पार्टीको आगामी यात्रा र सङ्गठन सुदृढीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएको प्रवक्ता चालिसेले बताए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

नेपालगन्ज म्याराथनको उपाधि जुलियस र राज्यलक्ष्मीलाई

१२ मंसिर, नेपालगन्ज – १२औं धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियस मुरुकीले जितेका छन्। आज...

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...
लोकप्रिय